काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने चेतावनी पनि दिएका छन्।
बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट राजनीतिक दलहरू बाहिरिने अवस्था वैशाख महिनामै अनुमान गरिएको बताएका छन्।
थापाका अनुसार दलहरू कार्यदलबाट बाहिरिने संकेत देखिएपछि कांग्रेसले वैशाखदेखि नै संविधान संशोधनबारे पार्टीभित्र र अन्य सरोकारवालासँग छलफल सुरु गरेको थियो। उनले सरकारले गठन गरेको कार्यदलमा भने कांग्रेसले प्रतिनिधि नपठाएको स्पष्ट पारे।
उनले संविधान संशोधन प्रक्रिया अघि बढाउन कांग्रेसले सुरुदेखि नै दुईवटा विकल्प प्रस्तुत गर्दै आएको बताए। पहिलो, सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश तथा संविधानविद्हरू सम्मिलित विज्ञ समिति गठन गर्ने, र दोस्रो, संघीय संसद्भित्रै विशेष समिति बनाएर संशोधनको प्रक्रिया अघि बढाउने।
थापाले यीमध्ये कुनै एक प्रक्रियाबाट अघि बढ्दा संविधान संशोधनको विषयलाई आवश्यक गम्भीरता र विश्वसनीयतासहित अगाडि बढाउन सकिने धारणा व्यक्त गरे। उनका अनुसार संशोधनका प्राथमिकता पनि स्पष्ट रूपमा निर्धारण गरिनुपर्छ।
उनले पहिलो चरणमा संविधानले १० वर्षपछि पुनरावलोकन गर्नुपर्ने भनी उल्लेख गरेका विषयलाई सम्बोधन गर्नुपर्ने बताए। त्यसपछि राजनीतिक विश्वासको वातावरण निर्माण हुँदै गएपछि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता संवेदनशील विषयमा आवश्यक संशोधनबारे छलफल गर्न उपयुक्त हुने उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: