काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेताहरूसँग प्रश्न गरेका छन् । मधेसको माग पूरा गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतालाई भ्रममा पारेको उनले बताएका छन् ।
'मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?' उनले प्रश्न गरेका छन् । 'ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पुर्ति गर्ने काम नहोस्' उनले लेखेका छन् ।
उपेन्द्र यादवले लेखेको जस्ताको त्यस्तै
मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?
१. आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१० +१ ) प्रदेशको स्थापना ।
२. समनुपतिक निर्वाचन प्रणाली ।
३. शासन - प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा सामुदायिक / जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।
४.सरकारी कामकाजी भाषामा समान- बहुभाषिक नीति ।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।
६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।
७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।
८. वर्ग, वर्ण , लिङ्ग , जात / जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य ।
९. नागरिकता समस्याको समाधान ।
१०. जल, जङ्गल र जमीनमाथिको अधिकार ।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।
१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।
के. पी. ओलिले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थ पुर्ति गर्ने काम नहोस् ।
प्रतिकृया लेख्नुहोस्: