काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कसैले संसदिय दलको नेता म हुँ भन्दै हिँ८ेमा त्यसलाई मान्न नसकिने बताएका छन् । यस्तै राजनीतिक विकृति झांगिएकाले उनले जसपाभित्र राजनीतिक उपचार खोज्ने बताएका छन् ।
‘जसपाभित्र आ-आफैँ संसदिय दलको नेता हुन थालेपछि हामी उपचार खोज्ने क्रममा छौँ,’ उनले भने, ‘कसैले म आफैँ संसदीय दलको नेता हुँ भनेर भन्दैमा हुन्छ र त्यसको पनिविधि प्रक्रिया होला । निर्वाचन हुनुपर्ला ।’
एक व्यक्तिले म हुन्छु भन्दैमा संसदिय दलको नेता नहुने उनको भनाइ छ । उनले सबै बसेर निर्णय गरेर मात्रै संसदिय दलको नेता हुने भन्दै दाबी गर्दैमा नहुने बताए ।
कांग्रेस र माओवादीसँग अझै निकटमा रहेर काम गर्ने उनले बताए । उनले भने 'हामीले कांग्रेस र माओवादीलाई भनिसकेका छौँ ।'
प्रतिकृया लेख्नुहोस्: