काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी बैठक नबोलाएको जानकारी गराएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव समूहले अहिले पार्टी कार्यालय बालकुमारीमा छलफल गरेपछि ठाकुरले पार्टीको कार्यकारिणी बैठक नबोलाएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।'
जसपाभित्र ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको छ भने यादव समूहले नेपाली कांग्रेस र माओवादीलाई समर्थन गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: