काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौँ रेजर्सले जितेको छ । शनिबार भएको खेलमा काठमाडौँका मेसौके ओलौमौउले एक गोल गरेपछि धनगढी एफसी पराजित भयो ।
एनएसएलको पहिलो संस्करणको च्याम्पियन बनेवापत काठमाडौँले ३५ लाख नगद पुरस्कार प्राप्त गर्यो भने उप-विजेता धनगढीले १५ लाख पायो ।
काठमाडौँले फाइनलसमेत गरी नौ खेलमा कुल १४ गाल गर्दा दुई अफ्रिकी खेलाडीको नाममा ११ गोल रह्यो । फाइनलमा गोल गरेका ओलौमौउले आठ गोल गरे भने स्टेफन समिरले तीन गोल गरे ।
प्रतिकृया लेख्नुहोस्: