नयाँ दिल्ली । भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।
पक्राउ पर्नेहरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।
राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेका समाचारलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।
सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन् ।
विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टीङ्ग अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो । (एएन्आई)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: