Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते भएको घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाउँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरेको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो। त्यसयता सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भइरहेका छन्।

घटनापछि सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेबे तथा सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ। नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा ईश्वरीप्रसाद अर्याल र प्रदेश प्रहरी प्रमुखका रूपमा डीआईजी शेखर खनाललाई खटाइएको छ।

गृह मन्त्रालयमा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले संयुक्त सुरक्षा परिचालनमार्फत अवस्था सामान्य बनाउने निर्णय गरेको थियो। त्यसअनुसार सोमबार साँझदेखि चारै सुरक्षा निकाय सक्रिय रूपमा परिचालित छन्।

गृह मन्त्रालयका अनुसार थप सुरक्षा जनशक्ति परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन। नेपाली सेनाले संवेदनशील क्षेत्रमा गस्ती र सुरक्षा नेतृत्व गरिरहेको छ। सुरक्षाकर्मीको उपस्थिति नभएका केही स्थानमा भने अझै छिटफुट तोडफोड र आगजनीका घटना भएको जनाइएको छ।

मंगलबार स्थानीय तहमा बोलाइएको सर्वदलीय बैठकसमेत बस्न सकेन। प्रमुख जिल्ला अधिकारी अर्यालले राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिलाई छलफलका लागि बोलाए पनि बैठक हुन नसकेको जनाइएको छ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा पुनः छलफल भएको थियो। बैठकमा सुनसरीको सुरक्षा अवस्था, शान्ति स्थापना र थप रणनीतिबारे समीक्षा गरिएको स्रोतले जनाएको छ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका क्रममा राति एउटा समूहले डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान थालेपछि अर्को समूहले त्यसको विरोध गरेको थियो। सामान्य विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसयता सुनसरीको दक्षिणी क्षेत्र अझै उच्च सुरक्षा निगरानीमा राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending