Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मौन अवधिमा प्रधानमन्त्री ओलीबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन, निर्वाचन आयोगले गर्ला त ओलीलाई कारवाही ?

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै कार्यकारी प्रमुख केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापलाई जिताउन अपिल जारी गरेका छन् । 

उपनिर्वाचनमा आफैले खडा गरेका उम्मेद्वार बादलले हार्ने अवस्था आएपछि निर्वाचनको अघिल्लो दिन ओलीले कार्यकारी शक्तिको दुरुपयोग गर्दै मौन अवधिमा बादलको पक्षमा लभिङ गरेका छन् । जबकि मंगलबार मात्रै निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको जनाएको थियो ।

आयोगले मंगलबार ४ गते राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागु हुने भन्दै यसअवधिमा चुनाव प्रचार प्रसार गर्न र मत माग्न नपाइने, तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाइएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा मत मागेमा निर्वाचन आचारसंहिता विपरीत हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाही हुन्छ । उनले भने, ‘आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन्छौं ।’

आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ ।

भोलि हुने उपनिर्वाचनमा एमालेबाट नै दुई उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुदैछ । एमाले विभाजित हुँदा केपी ओलीको तर्फबाट माओवादी केन्द्रले कारवाही गरेका राबहादुर थापालाई उम्मेद्वार बनाइएको छ । माधव  समूहबाट संघीय विज्ञ डा.खेमलाल देवकोटालाई विपक्षी कांग्रेस–माओवादी गठबन्धनले उम्मेद्वार बनाएका छन् ।

एमालेकै मत विभाजित हुने देखेका प्रधानमन्त्री ओलीले पार्टीको आधिकारीक उम्मेद्वारलाई भोट नहाले स्वीकार्य नहुने चेतावनी शैलीमा अपिल जारी गरेका छन् ।

यद्यपी माधव नेपालले  विशेष पहलमा विपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका देवकोटालाई जिताउन माधव समूहले नैतिकता प्रदर्शन गर्छ कि गर्दैन भन्नेमा सबैको चासो रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending