Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यस्तो छ लमजुङमा भूकम्पले पुर्‍याएको क्षतिको विवरण

खबरडबली संवाददाता

लमजुङ । मर्स्याङ्‍दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्‍दी गाउँपालिका­६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका­ ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।  उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताए । 

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, 'जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।' मर्स्याङ्‍दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर  मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए । 

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ ।

प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने जानकारी दिए । 

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् । चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा  ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ ।

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र

बेइजिङ  । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...

ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...

भारतको रणनीतिक तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त

काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending