Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आज वागमतिमा राष्ट्रियसभा निर्बाचन : बादल र देवकोटामध्य कसले मार्छ बाजी ? यस्तो छ तथ्य !

खबरडबली संवाददाता

बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी

काठमाडौं।  बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। निर्वाचनका लागि हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको कार्यालयले जनाएको छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेलले बताए।

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्डलगायत सबै व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ता भइसकेपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टीमा एक हुने सहमति भएर अहिले वार्ता जारी छ। तर गृहमन्त्री थापाले नेता नेपालको निवास (कोटेश्वर) मै पुगेर चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरे पनि नेता नेपालले नसकिने बताएका थिए।

उपनिर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बागमती प्रदेश सभाका सदस्य ११० र प्रदेशमा रहेका गाउँपालिका/नगरपालिकाका प्रमुख/उपप्रमुख २३८ गरी आजको उपनिर्वाचनका लागि कूल ३ सय ४८ मतदाता छन्। मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ ।

यस हिसाबले बागमती प्रदेश सभामा १ सय १० प्रदेश सांसदको मतभार ५ हजार २ सय ८० र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय ३८ जनाको मतभार ४ हजार २ सय ८४ गरी कूल मतभार ९ हजार ५ सय ६४ हुन्छ। बागमती प्रदेश सभामा सबैभन्दा बढी सांसद एमालेकै छ। अर्थात् ५७ जनामध्ये केही दिनअघि मात्र सांसद पशुपति चौलागाईंको निधन भएकाले अहिले ५६ छ। यस्तै स्थानीय तहका प्रतिनिधितर्फ पनि एमालेकै सबैभन्दा बढी १ सय ३३ जना छन्। यी सबैको मतभार ५ हजार ८२ हुन्छ। तर गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने बताएको एमालेकै माधव नेपाल पक्षतर्फ कम्तीमा २२ प्रदेश सांसद र झन्डै ४० जना स्थानीय तहका प्रतिनिधि छन्। अर्थात् नेपाल पक्षमा कम्तीमा ६० मतदाता छन्। यो भनेको मतभार १ हजार ७ छ।

उता विपक्षी गठबन्धनका कांग्रेससँग २२ प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख ६८ जना गरी ९० जना मतदाता छन्। जसको कूल मतभार २ हजार २ सय ८० हुन्छ । त्यस्तै माओवादी केन्द्रसँग २३ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख ३३ जना गरी कूल ५६ मतदाता छन्। जसको कूल मतभार १ हजार ६ सय ९८ हुन्छ। यी दुवै दलको मतभार जोड्दा ३ हजार ९ सय ७८ हुन्छ। नगण्य मतदाता रहेको राप्रपाले थापालाई नै मत दिने निर्णय गरेको भए पनि नेपाल पक्षतर्फको १ हजार ७ मतभार डा. देवकोटातर्फ गयो भने उनलाई जित्न कठिन देखिन्छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending