काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘चुनावको मूल्यांकन र नेपालको परराष्ट्र नीतिका बिचको सम्बन्ध’ विषय अन्तरत्रिलया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा सो कुरा उल्लेख छ ।
उक्त अवधारणापत्रमा जेनजीले भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध गरेको आन्दोलनलाई सिंहले सही र न्यायसंगत भएको भनेका छन् । ‘त्यो आन्दोलन एउटा स्वतस्फूर्त, असंगठित तथा कुनै नीति कार्यक्रम र नेतृत्वबिहीन आन्दोलन पनि थियो । यसले कैयाैं देशी वा विदेशी शक्तिहरूले आफ्नो स्वार्थको पक्षमा त्यसलाई उपयोग गर्न पनि प्रयत्न गरेका थिए,’ उनले लेखेका छन् । त्यो दौडमा सबैभन्दा अगाडि अमेरिकी आएको उनले टिप्पणी गरेका छन् ।
‘त्यो आन्दोलन प्रकट रूपमा जेनजीहरूको नै आन्दोलन थियो । तर व्यवहारमा त्यो आन्दोलनलाई २८ वर्ष भन्दा माथिका व्यक्तिहरूले हाईज्याक गरे र त्यस प्रकारका व्यक्तिहरूमा स्वतन्त्र तिब्बत पक्षधर वा अमेरिकाद्वारा परिचालित तत्त्वहरू नै थिए,’ सिंहले लेखेका छन् ।
उनीहरूले अमेरिकाको नेपालप्रतिको रणनीतिलाई पूरा गर्न लामो समयदेखि काम गरिरहेको सिंहको दाबी छ । ‘त्यो उद्देश्य पूरा गर्न नै जेनजीहरूको स्वत:स्फूर्त आन्दोलनलाई हाईज्याक गरेका थिए । त्यो रणनीति के थियो ? त्यो स्पष्ट भएपछि नेपालको तत्कालीन प्रतिनिधि सभालाई विघटन गर्नुपर्ने र नयाँ चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकता किन पर्यो ? त्यो कुरा प्रस्ट हुने छ,’ उनले भनेका छन् ।
फागुन २१ मा भएको निर्वाचन मुलुकको अहिलेको आवश्यकता पनि नरहेको उनले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: