काठमाडौं । विहिबार राष्ट्रपति विद्यादेवि भण्डारीले २१ घण्टाको समय दिएर बहुमत सिद्द गरी सरकार बनाउन आव्हान गरेपछि नेपालको राजनीति एकाएक चुलिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गरी विपक्षी दलहरुलाई चुनौति दिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षबिच सिहंदरबारमा बुहमत दावी सहित राष्ट्रपतिकोमा जाने तयारी चलिरहेको छ ।
छलफलका लागी काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भट्टराई र यादव र माधव कुमार नेपाल सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्रीका उम्मेदवारका रुपमा जसपाका महन्थ ठाकुरदेखि नेपाल सम्मलाई तयार गर्ने विपक्षी रणनीतिक देखिन्छ । ठाकुर तयार नभए एमालेकै नेपाललाई अघि बढाउने विषयमा छलफल भएपनि निष्कर्ष निस्किसकेको भने छैन ।
यसअघि आज विहानमात्रै बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले जुनसुकै विकल्पमा खुल्ला रहेको निर्णय गरेको थियो ।
हस्ताक्षर तयार हुँदै
नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन, नेपाल पक्षकी रामकुमारी झाक्री लगायतका नेताहरु सांसदहरुको हस्ताक्षर संकलनमा लागेका छन् ।
आज बेलुकी ५ बजेभित्रै राष्ट्रपतिकोमा सांसदहरुको हस्ताक्षर सहित बहुमत दावी गर्ने विपक्षीहरुको योजना रहेको एक नेताले बताए ।
जसपाको ठाकुर–महतो पक्ष ओलीको पक्षमा लागेकोले एमालेकै नेपाल पक्ष विपक्षीहरुका लागी र स्वंयम ओलीका लागी समेत निर्णायक अवस्थामा छ । ओलीले आजै वालुवटारबाट नेपाल पक्षलाई कारवाहीको संकेत गरेपछि नेपाल पक्ष झनै क्रोधित बनेको सुत्र बताउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८० - ०९:३६
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...
श्रावण ५ गते, २०८० - ०८:४७
काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...
आषाढ़ २९ गते, २०८० - १४:४६
काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...
आषाढ़ २२ गते, २०८० - १६:५८
काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...
आषाढ़ १९ गते, २०८० - ०८:३२
काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...
आषाढ़ १९ गते, २०८० - ०८:२८
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...
आषाढ़ १९ गते, २०८० - ०८:२१
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...
आषाढ़ १६ गते, २०८० - ०८:५६
पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...
आषाढ़ १६ गते, २०८० - ०८:५३
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...
आषाढ़ १६ गते, २०८० - ०८:४८
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...
प्रतिकृया लेख्नुहोस्: