Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक : प्रजातान्त्रिक विचार समाज

फाइल तस्बिर
रासस

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले शनिबार एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको बताउनुभएको हो । 

‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय र कानूनी दृष्टिले असंवैधानिक रहेको छ’, विज्ञप्तिमा भनिएको छ । पार्टीभित्रको झगडाले संसद् विघटन गर्नु गलत काम भएको अध्यक्ष केसीको भनाइ छ । 

समाजले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसद्मा विश्वासको मत नै नलिई उपधारा ५ अनुसार अर्को प्रधानमन्त्री नियुक्तिको बाटो अख्तियारी गर्नु नै प्रथम दृष्टिमै अवैधानिक भएको बताएको छ ।

तटस्थ र स्वतन्त्र भूमिकामा रहेर संविधानको अभिभावकत्व ग्रहण गर्नुपर्ने राष्ट्रपतिले मध्यरातमै हतारहतार प्रधानमन्त्रीले गरेको सिफारिस कार्र्यान्वयन गर्नुले उक्त संस्थाबाट संवैधानिक दायित्व पूरा गर्न नसकेको समाजले बताएको छ । 

अध्यक्ष केसीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको जनादेशलाई बीचमै खण्डित गरी झण्डै दुईतिहाइ नजिक रहेको सरकार तीन वर्ष चलाउन नसकेर पटकपटक मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदम मुलुकलाई राजनीतिक स्थिरता दिने खालको नभएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बारमा कांग्रेस-एमाले गठबन्धनको प्यानलै विजयी, आज घोषणा गरिँदै

काठमाडौं । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ।  म...

आन्दोलनरत शिक्षक सरकारसँग वार्ता गर्न तयार, अध्यक्ष सुवेदी भन्छन्- आफनो कुरा राखेर फर्किन्छौं

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ ...

तीनकुने घटना- १२५ घाइते उपचारपछि घर फर्के, पाँच जना अझै अस्पतालमै

काठमाडौँ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर ...

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेख...

माओवादीका नेताहरु किन पुगे चीनको चोङकिङ ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ ...

रेमिट्यान्समा कीर्तिमान, एक महिनामै भित्रियो डेढ खर्ब

काठमाडौं । रोजगारीका लागि विदेशिएका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर...

रास्वपाको निष्कर्ष- रविमाथि राज्यको निर्मम प्रतिशोध, दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ ।  बुधबार ब...

कति छ आज फलफूल र सागसब्जीको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।  बिहीबार साँझ भएको वर्षापछि पहिरो ...

अस्ट्रेलियन डलरको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy