Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

रासस

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण  तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ ।

 गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् ।

 कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुखले दिएको दुई निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधनसमेत प्रयोग गरेको छ । 

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब सङ्कलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । कोरोनाको सबैभन्दा बढी सङ्क्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उहाँको भनाइ छ ।

 होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको छ । नगरपालिकाले बेनी अस्पताललमा आइसोलेशन कक्ष बनाउन करिब रु ७ लाख सहयोग गरेकाले होम आइसोलेशनमा सिकिस्त भएका सङ्क्रमतिलाई अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

 उता पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाले वडास्तरमा स्वाब सङ्कलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, सङ्क्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।

त्यसैगरी मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेशन, स्वाब सङ्कलन तथा सङ्क्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरु गरिरहेको छ । हरेक वडाका सङ्क्रमितको अवस्था बुझ्न र  जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ’, उनले भने । 

त्यस्तै धवलागिरि गाउँपालिकाले सङ्क्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ । त्यस्तै अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्बाब सङ्कलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ । 

रघुगङ्गा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित सङ्क्रमितलाई  होम आइसोलेशन र संस्थागत आइसोलेशनमा राखेर उपचार गरिरहेको छ । रघुगङ्गामा सङ्क्रमितको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगङ्गा जलविद्युत् आयोजनामार्फत  व्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ । 

त्यस्तै गाउँपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितको अवस्था बुझ्ने र निःशुल्क औषधि वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभएको छ । ‘हरेक सङ्क्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ, समुदायस्तरमै पुगेर धेरै काम भएका छन्, समुदायले सङ्क्रमितलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ’, सुवेदीले भने ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने सङ्क्रमितको पहिचान, उपचार तथा मृत्यु भएमा शव व्यवस्थापनलाई गाउँपालिकाले व्यवस्थित बनाएको छ । कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समन्वय गर्ने तथा शङ्कास्पद बिरामीलाई तत्कालै स्वाब सङ्कलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन् । कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले समेत सङ्क्रमण फैलिन नदिन र सङ्क्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending