Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

रासस

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण  तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ ।

 गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् ।

 कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुखले दिएको दुई निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधनसमेत प्रयोग गरेको छ । 

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब सङ्कलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । कोरोनाको सबैभन्दा बढी सङ्क्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उहाँको भनाइ छ ।

 होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको छ । नगरपालिकाले बेनी अस्पताललमा आइसोलेशन कक्ष बनाउन करिब रु ७ लाख सहयोग गरेकाले होम आइसोलेशनमा सिकिस्त भएका सङ्क्रमतिलाई अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

 उता पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाले वडास्तरमा स्वाब सङ्कलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, सङ्क्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।

त्यसैगरी मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेशन, स्वाब सङ्कलन तथा सङ्क्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरु गरिरहेको छ । हरेक वडाका सङ्क्रमितको अवस्था बुझ्न र  जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ’, उनले भने । 

त्यस्तै धवलागिरि गाउँपालिकाले सङ्क्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ । त्यस्तै अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्बाब सङ्कलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ । 

रघुगङ्गा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित सङ्क्रमितलाई  होम आइसोलेशन र संस्थागत आइसोलेशनमा राखेर उपचार गरिरहेको छ । रघुगङ्गामा सङ्क्रमितको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगङ्गा जलविद्युत् आयोजनामार्फत  व्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ । 

त्यस्तै गाउँपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितको अवस्था बुझ्ने र निःशुल्क औषधि वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभएको छ । ‘हरेक सङ्क्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ, समुदायस्तरमै पुगेर धेरै काम भएका छन्, समुदायले सङ्क्रमितलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ’, सुवेदीले भने ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने सङ्क्रमितको पहिचान, उपचार तथा मृत्यु भएमा शव व्यवस्थापनलाई गाउँपालिकाले व्यवस्थित बनाएको छ । कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समन्वय गर्ने तथा शङ्कास्पद बिरामीलाई तत्कालै स्वाब सङ्कलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन् । कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले समेत सङ्क्रमण फैलिन नदिन र सङ्क्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending