Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

माधव समूहका युवा नेताको नामबाट नयाँ पार्टी दर्ता : पार्टीको नाम नेकपा ‘एकीकृत’ चुनाव चिन्ह ‘कलम’ !

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले विभाजको मुखमा पुगेको अवस्थामा वरिष्ठ नेता माधव कुमार नेपाल समूहका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

 नेपालले आफू निकट युवा नेता जीवन राईको नेतृत्वमा एक महिनाअघि नै निर्वाचन आयोगमा नेकपा ‘एकीकृत’ पार्टी दर्ता गराएका छन् । 
यो पार्टीले आयोगबाट पार्टी दर्ताको प्रमाण पत्र भने पाइनसकेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘जीवन राईको अध्यक्षतामा नेकपा ‘एकीकृत’ पार्टी दर्ता गराउनु भएको छ । यसबारे हामी अध्ययनमै छौं’, उनले भने, ‘यो पार्टीले चुनाव चिन्ह कलम मागेको छ । पार्टी दर्ताको सबै प्रकृया पुगेको भए आवश्यक छानविन गरेर प्रमाण प्रत्र दिन्छौं ।’  

संखुवासभाका राई माधव समूहका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गएको वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ ।

स्मरणीय कुरा के छ भने जेठ ६ गते सम्मपन्न भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट साझा उम्मेद्वार रहेका डा. खेमलाल देवकोटाले कलम चिन्हबाट चुनाव जितेका थिए ।

निर्वाचन आयोगका अनुसार राईले दर्ता गराएको पार्टीको उपाध्यक्षमा  कल्पना गुरूङ र महासचिवमा  विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन्। राईको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कमिटी रहेको आयोगले जनाएको छ । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending