Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सभामुख सापकोटाले पूर्वसभामुखसंग परामर्श गर्दै

खबरडबली संवाददाता

काठमाडौं । एउटै कार्यकालको छोटो अवधिमा दुई पटक विघटनको मार खेपेका प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । 

संसद विघटन पछि विभिन्न कानूनविद् तथा संवैधानिकविदसंग परामर्श गरेका सापकोटाले संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको सभामुखको सचिवालयले जनाएको छ । सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्न बैठक बोलाएका हुन् । 

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले उक्त कदमको विरोध जनाइसकेका छन् । 

सापकोटाले २०४८ साल यता सभामुख भएका  दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई परामर्शकोलागि बोलाएका छन् ।  

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति, किसान चिन्तित

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा ...

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

नेपालकाे जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

‘प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट गर्दा स्थिरता हुनसक्छ’

सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ

रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...

विगतमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...

सरकारको साझा संकल्प- चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानबिन हुन्छ (पूर्णपाठ)

काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy