Ntc
Khabar Dabali २३ जेष्ठ २०८० मंगलवार | 6th June, 2023 Tue

कोरोना भाइरस संक्रमणबाट विश्वभर थप ४१ नेपालीको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१  नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा आठ, फ्रान्समा एक, माल्दिम्समा एक, बेल्जियममा एक र प्रोर्चुगलमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड–१९ का कारणले मृत्यु भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म  ५४ देशमा एक लाख सात हजार ८६  नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना  कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोना भाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २००  चिकित्सक परिचालन गरेको छ ।  

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना सङ्क्रमित पुगेकोमा ७६  दशमलव ६ प्रतिशत अर्थात् तीन  लाख ९८ हजार ४८३  जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण सोमबार साँझसम्म छ हजार ५३१ जनाको निधन भएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्ड किन गए खप्तड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन...

कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने निश्चित ! निर्णायक भएपछि राप्रपाको नजर मुख्यमन्त्रीमा

माओवादीले थाल्यो समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल

सन्दीप लामिछाने गए दक्षिण अफ्रिका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्।  सन्दीप सोमबार राति दक्षि...

गलेश्वरको आम्दानी ११ महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँ...

संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र...

नागरिकता विधेयकबारे लोसपा- राष्ट्रपतिको कदम ऐतिहासिक, सर्वोच्चको आदेशप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाम...

अर्थ मन्त्रालयको प्रष्टीकरण- बजेट बनाउन अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले ...

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को ज...

देउवालाई गगनको जवाफ- नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ ।  करिब साढे ३ लाखक...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page