काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले २५६५ औं बुद्धजयन्ती अवसरमा बुधबार शुभकामना सन्देशमा भनेका छन्, ‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’
उनले नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि भएको बताएका छन् ।
बुद्धको जस्नस्थल लुम्बिनी भएकोमा अब कुनै भ्रम नभएको जिकिर गर्दै लुम्बिनीलाई विश्वस्तरमा पहिचान गर्न र बुद्धको जन्मस्थलबारे विश्वमा रहेको भ्रम निवारण गर्न सहयोग पुर्याउने सबैमा प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् ।
विश्वमा मानव जातिकै कारण असान्ति, हिंशा फैलिएको भन्दै विश्व शान्ति स्थापनामा गौतम बुद्धका दर्शन र उपदेश अझै सान्दर्भिक रहेको बताएका छन् ।
यस्तै कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम राखि आफु र आफ्नो समुदायलाई बचाउने तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८० - ०९:३६
काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...
चैत्र १५ गते, २०८० - ०९:२५
काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...
चैत्र १५ गते, २०८० - ०९:१७
म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...
चैत्र १५ गते, २०८० - ०८:३१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक ब...
चैत्र १५ गते, २०८० - ०८:२६
दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नग...
चैत्र १५ गते, २०८० - ०८:२०
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेल...
चैत्र १५ गते, २०८० - ०७:५८
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक )एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार ब...
चैत्र १५ गते, २०८० - ०७:५२
काठमाडौं । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केप...
चैत्र १५ गते, २०८० - ०७:३८
काठमाडौं । मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्यान्न १६ प्रतिशत...
चैत्र १५ गते, २०८० - ०७:३३
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै स...
प्रतिकृया लेख्नुहोस्: