Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु

रासस

चितवन । कोरोना सङ्क्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु गरेको छ । चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेर सेवा शुरु गरेको हो । रेडियो कार्यक्रममार्फत पनि सेवा दिइएको छ ।

चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसूतिरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोगलगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो । संस्थाले नयाँ मोबाइल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराइएको छ ।

श्रेष्ठका अनुसार सोमबारबाटै सेवा शुरु भएको छ । उनले भने, ‘चिकित्सकलाई टेलिफोन आइरहेको छ ।’ कोभिड सङ्क्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो । स्वास्थ्यसम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्नेछन् ।

सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताए । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरङ्ग सेवा बन्द छन् । शहरका अस्पतालसम्म आउन सवारी साधनको अभाव छ । दीर्घरोगीहरुको औषधिसमेत सकिएकाले यो अभियान प्रभावकारी हुने जनाइएको छ । अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताए ।

यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा सङ्क्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्नेछन् । उनका अनुसार अन्य रेडियोहरूमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies