Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

२५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ?

खबरडबली संवाददाता

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने हालसम्म २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्मको परिणामअनुसार नयाँ शक्ति रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य सफलता हासिल गरेको छ । उसले सबैभन्दा धेरै क्षेत्रमा जित निकालेको छ भने पुराना दलहरू कांग्रेस र एमाले सीमित क्षेत्रमा मात्रै विजयी भएका छन् ।

रास्वपाको वर्चस्व

हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले सबैभन्दा धेरै १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रास्वपा विजयी भएका क्षेत्रहरू यस्ता छन् :

धनुषा–३ — मनिष झा

कास्की–३ — बिना गुरुङ

काठमाडौं–१० — प्रदीप विष्ट

मोरङ–४ — सन्तोष राजवंशी

कास्की–२ — उत्तमप्रसाद पौडेल

काठमाडौं–५ — सस्मित पोखरेल

काठमाडौं–४ — पुकार बम

काठमाडौं–६ — शिशिर खनाल

काठमाडौं–८ — विराजभक्त श्रेष्ठ

काठमाडौं–३ — राजुनाथ पाण्डे

काठमाडौं–१ — रञ्जु दर्शना नेउपाने

काठमाडौं–९ — डोलप्रसाद अर्याल

मोरङ–६ — रुबिना आचार्य

बाँके–१ — सुरेशकुमार चौधरी

स्याङ्जा–१ — धनञ्जय रेग्मी

रुपन्देही–४ — कन्हैया बनियाँ

नेपाली कांग्रेस

हालसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ :

तेह्रथुम — सन्तोष सुब्बा

दैलेख–१ — बासना थापा

रसुवा–१ — मोहन आचार्य

मुस्ताङ–१ — योगेश गौचन थकाली

मनाङ–१ — टेकबहादुर गुरुङ

नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टीले २ क्षेत्रमा जित हासिल गरेको छ :

रुकुम पूर्व–१ — पुष्पकमल दाहाल प्रचण्ड

कालिकोट–१ — महेन्द्रबहादुर शाही

नेकपा एमाले

नेकपा एमालेले हालसम्म १ क्षेत्रमा मात्रै जित निकालेको छ :

बाँके–२ — मोहम्मद ईश्तियाक राई

हालसम्मको नतिजाले नयाँ दल रास्वपाको प्रभाव उल्लेख्य देखिएको छ भने पुराना दलहरू कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर देखिएका छन् । अन्य निर्वाचन क्षेत्रहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...

बागलुङ-२ मा रास्वपा र कांगेसबीच कडा प्रतिस्पर्धा : ३८ हजार मत गन्दा १४४ को अन्तर

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...

विजयी नजिक पुगेपछि जुलुस नगर्न महाविर पुनकाे आग्रह

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...

अछाममा एमालेको अग्रता, पछि परे भीम रावल

 अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...

फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...

सुनसरी–१ मा हर्क साम्पाङले बनाए अग्रता

सुनसरी  । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...

दुई क्षेत्रमा विजयी भएकाे नेकपाकाे १० स्थानमा अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...

म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE