Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

रासस

लुम्बिनी ।  मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । आज २५६५औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक छ भने ।

बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा, अरौराकोटलगायत स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै  यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने जनाए । ‘पर्यटन प्रवद्र्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ’, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् । 
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराए । ‘आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदूत हुनुहुन्छ । मानवकल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षका उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृहत्याग गरे’, शुभकामना सन्देशमा भनिएको छ ।

हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृहत्याग गर्नुभएका सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानवकल्याणका लागि समाजलाई महान् दार्शनिक विचारबाट दीक्षित गर्नुभएको र मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनुभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेश आज बुद्ध दर्शनका रूपमा स्थापित भएको बताए । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमूल्य निधि भएको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies