Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जसपा विवाद : अध्यक्ष ठाकुरद्वारा यादवलाई तीन दिने स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारवाही 

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ–राजेन्द्र समूहले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।
    
पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको कारवाहीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।

स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गर्न गएको, एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।

त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।

यस्तै जसपाको उपेन्द्र यादव समूहको बहुमत सदस्यहरुको हालै बसेको कार्यकारीणी समितिको बैठकले महन्त समूहलाई पार्टीहित विपरीत गतिविधि गरेको, पार्टीलाई जानकारी नदिइ पटक पटक प्रधानमन्त्रीसंग उठबस गरेको, एक लौटी ढंगबाट संसदीय दलको नेता चयन गरेको, पार्टीलाई थाहै नदिइ कार्यदलमा बसेको लगायत आरोप लगाउँदै ९ बुँदे स्पष्टिकरण सोधेको थियो ।

त्यसको इन्काउन्टरमा उपेन्द्र समूहलाई महन्थ समूहले ७ बुँदे स्पष्टिकरण सोधेको हो । सत्ता समिकरणको विषयलाई लिएर जसपा विभाजको मुखमा पुगेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुरा नहुँदै चिरा परेको जसपा महन्थ समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने तरखरमा छ भने उपेन्द्र–बाबुराम समूह देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय दलहरूले नेपाललाई प्रभाव पर्ने कस्ता चुनावी मुद्दा अगाडि सारेका छन् ?

काठमाडौं । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै जोडिने कतिपय विषयले पनि अहिले सुरु भएको निर्वाचनमा महत्त्वपूर्ण स्थान पाए...

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मा...

नेकपा एसले किन बोलायो स्थायी कमिटी बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा ज...

व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन सकेको छैन : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका ...

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला ...

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा...

अर्थमन्त्री पुन भन्छन्- कसैको विरोध छैन, राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । ...

लोकतन्त्र दिवस- राजतन्त्र ढलेर नयाँ व्यवस्था आयो, जनतामा आशा पलाएन

काठमाडौं । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन  आज लोकतन्त्र दिवस परेको छ। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस म...

शुक्लाफाँटामा बढ्यो बाघको संख्या, दश बर्षमा १३ बाट ४४ पुग्यो

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।  नि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies