महोत्तरी । कोभिड–१९ महाव्याधिविरुद्ध अग्रपङ्क्तिमा रही सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा र सङ्क्रमित बिरामीको उपचार अब क्रमशः सहज बन्दै गएको छ । सुरक्षित रही काममा खट्नु पर्ने स्वास्थ्यकर्मी र बिरामीका उपचारका लागि स्वास्थ्य सामग्री सहयोगबाट जुट्दै गएपछि महोत्तरीमा अब स्थिति क्रमशः सहज बन्दै गएको हो ।
बुधबार वल्र्डभिजन इन्टरनेशनल संस्थाले महोत्तरीको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई रु २५ लाखका स्वास्थ्य सामग्री प्रदान गरेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अब उपचार सहज बन्दै जाने र विकराल अवस्था चाँडै नियन्त्रण हुने विश्वास व्यक्त गरे । ‘वबभिन्न क्षेत्रबाट सहयोग जुट्दै छ’, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका प्रजिअ भट्टराईले भने, ‘सङ्क्रमण र मृत्यु दर घट्दैछ, निको हुने बढ्दै छन् , सहयोगी हात थपिँदै छन् , अब केही सहज हुँदै जानेछ ।’
जिल्ला अस्पताल जलेश्वर, बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा सञ्चालित आइसोलेशन कक्षमा अब अक्सिजनको अभावमा उपचार प्रभावित हुने अवस्था नरहेको प्रजिअ भट्टराईको भनाइ छ ।
विभिन्न संस्था र व्यक्तिले खुला हृदयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री सहयोग बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीमा पनि ऊर्जा प्राप्त भएर सेवामा लाग्न हौसला बढेको बर्दिबास अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार दाहाले बताए ।
बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरमै पुगेर वल्र्डभिजन इन्टरनेशनलका प्रतिनिधिले प्रजिअ भट्टराईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । प्राप्त सामग्रीमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्परेचर, ७० वटा पिपिइ सेट, एउटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल मास्क, ७२ वटा एन–९५ मास्क, पाँच लिटर स्यानीटाइजर, १२ वटा सोप लिक्विड (हयाण्ड वास) रहेका छन् । यी सामग्रीले बिरामीको सघन उपचारदेखि अग्रपङ्क्तिमा रही सेवा प्रवाह गर्नेहरुको सुरक्षामा सहयोग पुग्ने प्रजिअ भट्टराईको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: