Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

न्यायधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न : कानून व्यवसायीको माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर सवालजवाफ भएको छ ।

विपक्षी दलको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार रहेका शेरबहादुर देउवाका कानून व्यवसायीले आइतबार बहसको शुरुमै इजलासमा श्रेष्ठको सहभागिताबारे प्रश्न उठाएका थिए ।

कानून व्यवसायी गोविन्द वन्दीले नेकपा विवादमा रिट निवेदकले नउठाएको प्रश्नमा न्यायधीश श्रेष्ठले प्रवेश गरेर नेकपा कानूनी दायरा नाघेको आरोप लगाएका थिए ।

वन्दीले संवैधानीक इजलासमा बस्न श्रेष्ठ बस्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बहसको ५ जना कानून व्यवसायीलाई बहसको लागि समय छुट्याइदिएका छन् ।

नेकपा नाम सम्बन्धि विवादमा ऋषि कट्टेले माग दावी नगरेको मुद्दमा प्रवेश गरेर न्यायधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठले फैसला गरेको कानून व्यवसायीको आरोप छ । 

यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले  इजलासमा  संसदमा सबैभन्दा ठुलो पार्टी फुटाएर वर्तमान प्रधानमन्त्रीले निरन्तरता पाएकोले अहिलेको अवस्था आएको जिकिर गरे । उनले  चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण हुँदाहुँदै  फेरि संसद विघटन हुनुमा पहिलेको संसद विघटन हुनुमा मेल खाएको स्मरण गराएका थिए । 

यसैगरी अधिवक्ता बद्री बहादुर कार्कीले गोविन्द वन्दीले उठाएको प्रश्नमाथि समर्थन जनाउँदै संवैधानिक इजलासमा न्यायधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठ बस्न नहुने बताएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending