Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले दुई दिनअघि शिलान्यास गरेको सडक पुनर्निर्माणको कामले गति लिएको हो । उक्त राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ ।

गत वर्षको बाढीपहिरोले विपी राजमार्गको करिब ३० किलोमिटर सडकखण्डमा क्षति पुर्‍याएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण गरिँदै छ ।

जापान सरकारको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३।२ किलोमिटर सडक सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ । त्यस्तै नेपाल सरकारको लगानीमा अन्य तीन खण्डका लागि ८ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित भइसकेको छ ।

यसअन्तर्गत काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का प्रक्रिया पूरा भएर निर्माण कार्य भइरहेको छ । पुनर्निर्माणपछि राजमार्ग दुई लेनको बनाइनेछ । साथै पाँच वटा पुललाई पनि दुई लेनमा विस्तार गरिनेछ ।

बाढीबाट पुन: क्षति नहोस् भनेर आरसीसी पर्खाल, प्लम पर्खाल निर्माण तथा सडक चौडा गर्ने कामलाई प्राथमिकता दिइएको छ । आगामी वर्षभित्र कालोपत्रसहित सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वि।सं। २०५३ मा जापान सरकारकै सहयोगमा निर्माण सुरु भएको विपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमनसमेत गरेको छन् । उनले निर्माण व्यवसायीलाई काम समयमै सम्पन्न गर्न निर्देशन दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

श्रमदान गर्न जाँदा १६ वर्षीय युवक डुबेर बेपत्ता

बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।  नहरमा पानी ल्याउनका ल...

बागमतीले बगाएर एक बालक बेपत्ता, तीन जना सकुशल

सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।  बागमत...

गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको मा...

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...

रसुवा भन्सार प्रकरणमा १३ कर्मचारी निलम्बित, विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्याे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending