Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : एमाले र कांग्रेस उम्मेद्वारबीच कडा प्रतिस्पर्धा, यस्तो छ अंकगणित ?

खबरडबली संवाददाता

काठमाडौं ।  रिक्त एक राष्ट्रिय सभा सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ। सो निर्वाचनको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

 बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदानको कार्यक्रम दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने जिल्ला निर्वाचन कार्यलय दाङले जनाएको छ ।

मततादाको लागि ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र रहेको आयोगले जनाएको छ ।

चुनावी मैदानमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे प्रतिस्पर्धामा उत्रिएका छन् ।  निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् । 

०७४ सालको चुनावमा खड्का नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि उनी एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारवाही गरेको थियो । आफ्नै स्थानमा उनी फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसैगरी विपक्षी गठबन्धनका उम्मेदवर पाण्डे ०७४ सालको चुनावमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । गत महिना उनी एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेलाई विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव, एमाले माधव समूह र राजमोको साथ रहेको छ । यस्तै, खड्कालाई एमाले ओली समूह र जसपा महन्थ समूहको साथ रहेको छ । 

यस्तो छ लुम्बिनी प्रदेशको मतभारको अवस्था :

लुम्बिनीमा निर्वाचन आयोगले यसअघि सदस्यबाट निस्कासित भएका जसपाका चार जना सदस्यलाई मतदानको अधिकार दिएपछि प्रदेशमा ८३ प्रदेश सभा सदस्य छन्। एक जना सदस्यको मतभार ४८ रहने व्यवस्था अनुसार ८३ जनाको जम्मा मतभार  ३९८४ हुन आउँछ ।

यसैगरी निर्वाचन आयोगका नामावली अनुसार स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष्न र उपाध्यक्ष गरी २१७ जना मतदाता रहेका छन् । एकजनाको मतभार १८ रहने व्यवस्था अनुसार स्थानीय तहको जम्मा मतभार ३९०६ रहनेछ । दुवै मतभार जोड्दा लुम्बिनी प्रदेशमा जम्मा ७ हजार ८ सय ९० रहनेछ ।

यसअघि वागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ताधारी दल एमालेको उम्मेद्वार निर्वतमान गृहमन्त्री रामबाहादुर थापालाई स्वतन्त्र उम्मेद्वार डा. खेमलाल देवकोटाले पराजित गरहेकोले आजको निर्वाचन पनि सवैले चासोका साथ हेरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहित दर्जन नेताहरुलाई पार्टीबाट निष्कासन गरेको र माधव समूहको समर्थन पाण्डेलाई रहेकोले खड्का पुनः निर्वाचित हुन सक्नने सम्भावना न्यून रहेको छ । 

निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ र आजै अन्तिम मतपरिणाम आउने सम्भावना छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy