कैलाली । टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएका डा अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा रेमकुमार राईलाई रु पाँच लाख बराबरको उक्त कन्सन्ट्रेटरहरू एक कार्यक्रमका बीच प्रदान गरिएको थियो । बेलायतमा स्थापित समाजसेवीका रूपमा परिचित भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्षसमेत हुन् । उनले गिरीसँगै मिलेर हचटिआर नामक मानव श्रम व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा रोजगारीसमेत दिँदै आएका छन् । त्यस्तै महर्जन पेशाले इन्जिनियर हुनुहुन्छ । उहाँले भट्टराईकै संस्थामा प्राविधिकरूपमा सहयोग गरिरहेका छन् ।
‘तीनै जना कोभिड सङ्क्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौँ’, भट्टराईले भने। भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना सङ्क्रमितका लागि सहयोग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: