Ntc summer Offer
Khabar Dabali १ माघ २०८१ मंगलवार | 14th January, 2025 Tue
Investment bank

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

रासस
नवलपरासी ।  मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । 
 
चालु आर्थिक वर्ष २०७७७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए । 
 
धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उनको भनाइ छ । ‘धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो’, सापकोटाले भने, ‘किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।’
 
बजारमा प्रतिकिलो रु ११० मा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत रु ७२ मा खरिद गरेर किसानहरुलाई रु ३६ मा उपलब्ध गराएको सापकोटाले बताउनुभयो । नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताए । नगरपालिकाले रु ३५ लाख लागतमा खरिद गरेको बिउ किसानलाई रु १७ लाख ५० हजारमा वितरण गरिएको सापकोटाले जानकारी दिए । 
 
अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताए । 
 
अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेश केन्द्रित राजनीतिक दलको कार्यदल बैठक बस्दै

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ।  संयुक्त मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको बैठक वि...

यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको...

देवघाटमा स्नान गर्नेको घुइँचो, गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था (तस्बिर)

नवलपुर । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।  तीर्थालुको सुविधाका लागि ...

लेखराज भट्टको भाइरल भिडिओ- एमालेमा हेपिएका छौं, अध्यक्षले नै हामीलाई आतंककारी भनिदिनुहुन्छ

प्रचण्डसँग जस्तो ओलीसँग जुध्न सक्दिनँ, जनयुद्ध नभएको भए उहाँ यो ठाउँमा पुग्नुहुँदैनथ्यो

बेलायतसँगको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन...

२५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन्।  हिजो बसेको बढुवा समितिको...

सरकारको कामप्रति विश्वप्रकाश असन्तुष्ट, भन्छन्- कामको गति पुगेको छैन

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन् ।  गृहजिल्ला झापाको मेचीनगरमा पत्रकार भेटघाट...

बाहुनडाँगीमा तरुल महोत्सव- तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

झापा । माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको...

विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित, आयातभन्दा १३ करोड बढीको निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसा...

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy