Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

एमाले स्थायी कमिटी बैठक बस्दै, थप नेताहरुको कारवाही सम्बन्धमा छलफल हुने

खबरडबली संवाददाता

काठमाडौं । माधव समूहका थप नेतामाथि कारवाही र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

यसअघि पटक पटक स्थगित भएको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा सरकारले प्रस्तुत गरेको बजेट, संसद विघटन विरुद्ध अदालतमा परेको मुद्दा र आगामी निर्वाचन गायतका विषयमा समेत छलफल हुनेछ । यसैगरी सुदूरपश्चिम एमाले प्रदेश कमिटीले चार मन्त्रि सहित १० जनालाई कारवाही सिफारिस गरिएका विषयमा पनि छलफल हुने एक नेताले जनाएका छन् । 

यस्तै, बैठकमा गत साता स्पष्टीकरण सोधिएका नेता घनश्याम लगायत १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । 

 स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसैगरी सुदूरपश्चि एमाले प्रदेश कमिटीले कारवाही सिफारीस गरेका ६ मन्त्री सहित १० जनालाई पार्टीबाट निष्कासन गर्ने सम्बन्धमा पनि आजको छलफल केन्द्रीत रहने छ । स्थायी कमिटीले सुदूरपश्चि सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवज्ञा गर्दै सरकारमा सहभागी भएको एमाले सुदूरपश्चिम कमिटीले आरोप लगाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधे...

गृहमन्त्रीको सहकारी प्रकरणबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक किन भयो अनिश्चित ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित भएको छ ।  बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक केन्द्रीय सदस्य सूर्यप्रसाद गुरुङको न...

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बर...

कोशीमा हिक्मतले मुुख्यमन्त्रीको दाबी पेस गर्दै, आजै शपथको तयारी

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको ...

५१९ इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुध...

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको ब...

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालन...

आठ दिनअघि कलंकीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने हिजो पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँ...

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् । इलाका प्रहरी कार्य...

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।  क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies