Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

नियमावली नै संशोधन गरी बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायधीश राणा सहमत

खबरडबली संवाददाता

काठमाडौं । वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहमत भएका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको न्यायीक निष्पक्षतामाथि कानून व्यवसायीहरुले चर्को विरोध जनाएपछि विवाद समाधानको लागि प्रधानन्यायधीश राणा र सर्वोच्च बारका एशोसिएसनका पदाधिकारीबीच मंगलबार छलफल भएको थियो । 

यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ । आज भएको छलफलमा संवैधानिक इजलास गठनसम्बन्धि नियमावली नै परिवर्तन गरी बरिष्ठका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायधीश सहमत भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिएका छन् ।

‘कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कुरामा प्रधानन्यायाधीशज्यू सहमत हुनु भएको छ’, प्रधानन्यायाधीशसंगको भेटपछि शाक्यले पत्रकारसँग भने, ‘उहाँले एक साताभित्रै नियमावली परिमार्जन गर्ने पनि बताउनु भएको छ।’

त्यस सम्बन्धमा एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराइ न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको उनको भनाइ छ । सोही अनुसार सर्वोच्च अदालतको संवैधानिक इजलास अघि बढाइने उनको भनाइ छ । यो सहमति पछि अब तत्काल संसद विघटन सम्बन्धि मुद्दाको सुनुवाइ नहुने उनको संकेत थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधे...

गृहमन्त्रीको सहकारी प्रकरणबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक किन भयो अनिश्चित ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित भएको छ ।  बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक केन्द्रीय सदस्य सूर्यप्रसाद गुरुङको न...

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बर...

कोशीमा हिक्मतले मुुख्यमन्त्रीको दाबी पेस गर्दै, आजै शपथको तयारी

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको ...

५१९ इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुध...

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको ब...

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालन...

आठ दिनअघि कलंकीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने हिजो पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँ...

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् । इलाका प्रहरी कार्य...

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।  क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies