Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विवादको घेरामा संवैधानिक इजलास : वरिष्ठताको आधारमा न्यायधीश छानिए को को पर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । संसद विघटनसम्बन्धि सर्वोच्चमा दारय रिटमाथि सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफुसहित ५ सदस्य संवैधानिक इजलास गठन गरेका थिए । 

 शुत्रबार गठन गरिएको संवैधानिक इजलासमा राणा बाहेक न्यायधीशहरु आनन्दमोहन भट्टराई, दीपकुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा समेटेक थिए । तर, रिट निवेदकका तर्फबाट बहसमा उत्रिएका बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द वन्दी, डा. भीमार्जुन आचार्य, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, टिकाराम भट्टराई लगायत कानून व्यवसायीहरुले इजलासमा रहेका न्यायधीशद्वय श्रेष्ठ र केसीको न्यायीक निष्पक्षतामाथि प्रश्न उठाउँदै संवैधानिक इजलासमा नबस्न चर्को दवाव दिएपछि  संवैधानिक इजलास नियमित काममा प्रवेश नै नगरी विवादमा तानियो । 

शुत्रबार र आइतबार बसेको संवैधानिक इजलासमा दुई जना न्यायधीशको विसयमा कानून व्यवसायीहरुले चर्को विरोध जनाएपछि प्रधानन्याधीश राणाले संसद विघटसम्बन्धि सुनुवाई स्थगित गरेका थिए । सोही विवाद समाधानको लागि प्रधानन्यायधीश राणाले संवैधानिक इजलासका ५ जना न्यायधीशसंग सोमबार छलफल गरेका थिए तर न्यायधीशद्वय श्रेष्ठ र केसीले कानून व्यवसायीले विरोध गर्दैमा आफुहरु संवैधानिक इजलासबाट नहट्ने बताएपछि समस्या झन बल्झेको थियो । 

संवैधानिक इजलासकै अर्का दुई जना न्यायधीश आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीले न्यायधीशमाथि प्रश्न उठपछि नैतिकताको आधारमा संवैधानिक इजलासमा बस्न नहुने राय दिएका थिए । विवादकाबीच प्रधानन्यायधीश राणाले मंगलबार पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारी र राणबीच समस्या समाधानबारे छलफल भएको थियो । 

छलफलमा  बारका अध्यक्ष पूर्णमान शाक्यले बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सूझाव दिएपछि संवैधानिक इजलास पुनर्गठन गर्न राणा तयार भएका थिए । आवश्यक परे संवैधानिक इजलाससम्बन्धि नियमावली नै परिवर्तन गरी एकतासभित्र संवैधानिक इजलास गठन गर्ने सहमति जनाए ।  

आजको सहमति अनुसार बरिष्ठताको आधारमा इजलास गठन भए पाँच सदस्यीय इजलासमा राणासँगै दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ इजलासका लागि छानिने छन्। 

यसअघि गत वर्षको पुस ५ गते प्रतिनिधि सभा विघटनको मुद्दा हरिकृष्ण कार्कीको विषयमा कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा महान्यायाधीवक्ता रहेका कार्कीले त्यसपछि इजलास छाडेका थिए। यसपटक पनि इजलासमा बस्न नमिल्ने भए वरिष्ठताका आधारमा न्यायाधीश ईश्वर खतिवडा संवैधानिक इजलासमा हुनेछन्। 

यस्तो छ संवैधानिक इजलाससम्बन्धि गठन गरिएको रोष्टर ?

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE