इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन्।
पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास (बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उहाँले बताए ।
पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानमा पंगासअर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ ।
कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ । सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उहाँले जानकारी दिए ।
परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले बताए । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ ।
सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: