काठमाडौं । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो भने थप १२ जनालाई स्पष्टिकरण सोधेको थियो ।
माधव नेपाल सहित कार्यदलका सदस्यलाई पार्टीले कारवाही गरेपनि सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल समुहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताको विषयमा चार घण्टा लामो छलफल भएको थियो । औपचारिक वार्ता सुरु हुन अन्तिम अवस्थासम्म वार्ताको ढोका खुल्ला राख्ने प्रवक्ता ज्ञवालीले बताए । तर, विवाद समाधानको लागि जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्व नभएको उनले बताए ।
अजको बैठकले आवश्यकता अनुसार माधव समूहका नेताहरुलाई कारवाही र वार्ता संगसंगै लिने नीति लिएको देखिन्छ । बैठक पछि पत्रकारसंग प्रवक्त ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई केही साथीहरुले अब बडो गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ । तर ती कुराहरु र पार्टीको एकताको प्रयासका बीचमा कही कतै तामलेम मिल्दैन । हाम्रोतर्फबाट कोशिस जारी छ ।’
स्थायी कमिटीको आजको बैठकमा माधव समूहका थप नेताहरुमाथि कारवाही गर्नेबारे छलफल भए पनि कुनै निर्णय भने गरेको छैन । बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावमा पार्टीभित्रकै अन्र्तघातका कारण हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८१ - ०९:४३
काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधे...
बैशाख २७ गते, २०८१ - ०९:१५
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित भएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक केन्द्रीय सदस्य सूर्यप्रसाद गुरुङको न...
बैशाख २७ गते, २०८१ - ०९:०१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बर...
बैशाख २७ गते, २०८१ - ०८:५४
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको ...
बैशाख २७ गते, २०८१ - ०८:२५
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुध...
बैशाख २७ गते, २०८१ - ०७:४८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको ब...
बैशाख २७ गते, २०८१ - ०७:४०
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालन...
बैशाख २७ गते, २०८१ - ०७:२१
काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने हिजो पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँ...
बैशाख २७ गते, २०८१ - ०७:१५
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् । इलाका प्रहरी कार्य...
बैशाख २७ गते, २०८१ - ०७:१२
तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । क...
प्रतिकृया लेख्नुहोस्: