काठमाडौं । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो भने थप १२ जनालाई स्पष्टिकरण सोधेको थियो ।
माधव नेपाल सहित कार्यदलका सदस्यलाई पार्टीले कारवाही गरेपनि सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल समुहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताको विषयमा चार घण्टा लामो छलफल भएको थियो । औपचारिक वार्ता सुरु हुन अन्तिम अवस्थासम्म वार्ताको ढोका खुल्ला राख्ने प्रवक्ता ज्ञवालीले बताए । तर, विवाद समाधानको लागि जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्व नभएको उनले बताए ।
अजको बैठकले आवश्यकता अनुसार माधव समूहका नेताहरुलाई कारवाही र वार्ता संगसंगै लिने नीति लिएको देखिन्छ । बैठक पछि पत्रकारसंग प्रवक्त ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई केही साथीहरुले अब बडो गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ । तर ती कुराहरु र पार्टीको एकताको प्रयासका बीचमा कही कतै तामलेम मिल्दैन । हाम्रोतर्फबाट कोशिस जारी छ ।’
स्थायी कमिटीको आजको बैठकमा माधव समूहका थप नेताहरुमाथि कारवाही गर्नेबारे छलफल भए पनि कुनै निर्णय भने गरेको छैन । बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावमा पार्टीभित्रकै अन्र्तघातका कारण हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: