Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज बीस वर्ष पुरा, घटना अझै रहस्यमय

खबरडबली संवाददाता

काठमाडौं । रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भइ २१ वर्षमा प्रवेश गरेको छ ।

२०५८ जेठ १९ गते शुक्रबारसाँझ त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक जमघटमा व्यस्त थिए । सोही समयमा एक्कासी गोलिकाण्ड चल्दा नाराहीटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनुको साथै राजपरिवारका १० जना सदस्यहरुको निधन भएको थियो ।

नेपालको आधुनिक इतिहासमा राजपरिवारको वंशै नास हुने गरी कहालिलाग्दो रहस्यमय हत्याकाण्ड भएको २० वर्ष पुरा भइसक्दा समेत घटनाबारे सत्य तथ्य अझै बाहिर आउन सकेको छैन ।  

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा सभामुख  र विपक्षी दलका नेता रहने गरी तीन सदस्य उच्चस्तरीय छानबिन समिति गठन भएको थियो ।   निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलका नेता माधव नेपाल बहिरिएपछि दुई सदस्य उच्चस्तरीय समितिले हत्याकाण्ड  तत्कालीन युवराज दीपेन्द्रले गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, आम जनताले दरबार हत्याकाण्डमा युवराज दिपेन्द्रले गराएकोमा अझैसम्म पनि विश्वास गर्न सकेका छैनन् । 

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का लगायतका राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । सो हत्याकाण्डमा रानी रत्नराज्य लक्ष्मी सहित पूर्वराजा ज्ञानेन्द्रको सवपरिवार सकुशल रहेका थिए । 

तत्कालिन राजाहरुमध्ये राजा वीरेन्द्र शान्तिप्रेमी, विकासप्रेमी र जनभावना अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने राजाको रुपमा चिनिन्छन् । बीसौं वर्ष वितिसकेको छ । मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरिसकेको छ । तरपनि हत्याकाण्डको वास्तविकता छानविन गरी सार्वजनिक गर्न कुनै सरकारले चासो दिएको छैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधे...

गृहमन्त्रीको सहकारी प्रकरणबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक किन भयो अनिश्चित ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिश्चित भएको छ ।  बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक केन्द्रीय सदस्य सूर्यप्रसाद गुरुङको न...

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बर...

कोशीमा हिक्मतले मुुख्यमन्त्रीको दाबी पेस गर्दै, आजै शपथको तयारी

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको ...

५१९ इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुध...

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको ब...

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालन...

आठ दिनअघि कलंकीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने हिजो पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँ...

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् । इलाका प्रहरी कार्य...

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।  क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies