चितवन । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका प्रहरी कार्यालय मुग्लिनलाई दुई अजार ५०० मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड र २० कार्टुन पानी तथा पत्रकारका लागि ७५० पिस मास्क, १५ वटा स्यानिटाइजर र १५ सेट फेस शिल्ड सहयोग गरिएको हो ।
चितवन उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँल, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र चितवनउद्योग सङ्घ इच्छाकामना एकाइका अध्यक्ष अमरबहादुर अधिकारीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कालिदास धौवजी, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उनीहरुले पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८२ - ०९:३९
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ। आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिम...
बैशाख १७ गते, २०८२ - ०९:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ। चालु शैक्षिक सत्र २०८२ का...
बैशाख १७ गते, २०८२ - ०९:१९
म्याग्दी । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्मा...
बैशाख १७ गते, २०८२ - ०८:५०
काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी)का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । ...
बैशाख १७ गते, २०८२ - ०८:१८
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषण...
बैशाख १७ गते, २०८२ - ०७:४१
काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा...
बैशाख १७ गते, २०८२ - ०७:३७
दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घट...
बैशाख १७ गते, २०८२ - ०७:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि...
बैशाख १७ गते, २०८२ - ०७:०७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्...
बैशाख १७ गते, २०८२ - ०७:०२
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हा...
प्रतिकृया लेख्नुहोस्: