कैलाली । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।
दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आउनुभएका धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी धनिराम चौधरीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताए । ‘निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन’, चौधरीले भने, ‘हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी–२ कै हर्कबहादुर नेपालीले दुखेसो गरे ।
गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । ‘बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ’, उनले भने ।
त्यस्तै धनगढीको ट्राफिक चोक साइडमा सडकपेटीमा पसल राखेर जुत्ता, चप्पल सिलाई जीविकोपार्जन गर्दै आउनुभएका धनगढी, विशालनगरका दलबहादुर सार्कीले पनि निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा एक महिनादेखि ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या दोहोर्याए ।
उहाँले निषेधाज्ञापछि आफ्नो व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएकोे बताए। एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: