Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खनाल–नेपाल पक्षबारे ओलीको यस्तो खतरनाक रणनीति ! के गर्दैछन् दोस्रो पुस्ता ?

खबरडबली संवाददाता

आफू अप्ठ्यारोमा परेको बेला भावनात्मक कार्ड फाल्ने र समस्याबाट उम्किनेबित्तिकै फरक चरित्रमा उत्रिने ओली पक्षको मुख्य प्रवृत्ति नै हो । विगतमा पार्टी एकतापछि प्रचण्डलाई यही प्रवृत्ति देखाउँदै ओलीले निशानामा ल्याएका थिए ।

काठमाडाैं । नेकपा एमालेले माधव नेपालसहित ११ जना स्थायी समिति सदस्यलाई कार्वाही गरेलगत्तै थप १२ जनालाई स्पष्टिकरण सोधियो ।

स्पष्टिकरण सोधिएकाहरुलाई २४ घण्टाभित्रको समय दिइएको थियो । तर उनीहरुमध्ये कसैले पनि स्पष्टिकरण दिएनन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्ने नेताहरुलाई स्पष्टिकरण सोधिएपछि अर्को कदम भनेको उनीहरुलाई पनि माधव नेपालहरुजस्तै साधारण सदस्यताबाट निस्काषन गर्नु हुन्थ्यो ।

त्यही बेला बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिँदै सरकारलाई दिएको समर्थन अन्त्य भएको निर्णय समेत गर्यो ।

तर त्यहाँ पनि मन्त्री र स्पष्टिकरण सोधिएका अन्य सांसदले केन्द्रको निर्णय लत्याउँदै पुनर्गठित मन्त्रीमण्डलमा सहभागिता जनाए । लगत्तै प्रदेश कमिटीले उनीहरुलाई स्पष्टिकरण सोध्यो ।

यी घटनाहरु भइरहेको बेला एमालेले यो साता फेरी स्थायी कमिटी बैठक बोलायो । सबैको अपेक्षा पार्टीको निर्णय नमानेका र स्पष्टिकरण सोधिएका नेताहरुमाथि कार्वाहीको थियो । किनभने यसअघि यसरी नै स्पष्टिकरणको प्रक्रिया पुर्याएर साधारण सदस्यताबाट निष्काशन गर्ने निर्णय एमालेले गरेको थियो ।
तर यो सातामात्रै दुई दिन नै स्थायी समिति बैठक स्थगित गरियो । कारण जे सुकै देखाइएपनि यो स्थगत हुनुका पछाडि केही अन्य बस्तुगत कारण थिए ।
यसैबीच मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गर्यो । यो निर्णय हुनुअघि ओली र माधव पक्षका केही नेताहरुबीच यो साताको शुरुआतदेखि नै भइरहेका सघन छलफलहरु मुख्य कारक बनेका थिए ।

एमालेका थप १२ जनामाथि कार्वाही गर्ने अवस्थामा संसदीय अंकगणित र आगामी निर्वाचनमा भोग्नुपर्ने नमिठो पराजयले ओली पक्षलाई झस्काएको थियो ।

यसमा थप मलजल हुने काम देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकले गरेको थियो । बैठकमा ओली प्रवृत्ति यहीरुपमा कायम रहने अवस्थामा आगामी निर्वाचनमा माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनले निर्वाचनमा तालमेल गर्नसक्ने सम्मको अनौपचारिक सहमति थियो । अहिले सर्वोच्च अदालतमा प्रस्तुत रिटजस्तै निर्वाचनमा समेत त्यसरी गठबन्धन हुने अवस्था भनेको ओलीका लागि प्रत्युपादक हुने निश्चित नै थियो ।

यो अवस्थामा ओली समूहले एमालेका नेताहरुमाथि कार्वाही गर्नुको साटो सकेजतिलाई फकाएर फर्काउने र माधव नेपाललगायत केहीलाई भने एक्ल्याउने विकल्पमा कसरत गरेको हो ।

यही कसरतस्वरुप ओली पक्षका दोश्रो तहका नेताहरुको दौडधुप निकै चल्यो । यो साता उनीहरुले एकल र सामूहिकरुपमा माधव पक्षका नेताहरुसँग वार्ता गर्न शुरु गरे । माधव पक्षले अघि सारेको जेठ २ मा फर्किने माग समेत मान्न ओली तयार रहेको सन्देश अघि सारे । ओली पक्षका नेताहरुले विगतको सबै तीतोपिरो बिर्सेर एकताबद्ध एमाले सम्भव भएको र त्यसका लागि माधव पक्षले केही सहज वातावरण बनाइदिनुपर्ने आग्रह गरे ।

एकातिर एकताको सन्देश दिने अर्कोतर्फ माधव नेपाललाई चेपुवामा पारेर एक्ल्याउने रणनीति ओली पक्षको भन्ने सहजै बुझ्न सकिन्छ । जेठ २ मा फर्किने शर्तका रुपमा विपक्षी गठबन्धनबाट माधव समूह अलग हुनु मुख्य हुनुपर्ने उनीहरुले राखेका छन् । यो भनेको माधव नेपालहरुले आफ्नो विश्वसनीयता गुमाउनु हो । माधव नेपालहरु विपक्षी गठबन्धनबाट फर्किए र जेठ २ को अवस्था भयो भने ओलीहरुले त्यसमा माओवादीबाट आएकाहरुको समायोजनको अर्को शर्त थप्ने देखिन्छ । यो भनेको स्थायी कमिटी र केन्द्रीय कमिटिको पुनर्गठन हुने अवस्था हो । जेठ २ मा फर्किने तर पार्टीमा बहुमत कायम राख्ने र आवश्यक पर्नेििबत्तिकै आफूसँग सहमत नहुने माधव पक्षका नेताहरुमाथि फेरि कार्वाहीको डण्डा चलाउने उनीहरुको रणनीतिका रुपमा यसलाई बुझ्न सकिन्छ ।
माधव नेपाल यो कुराका लागि नमान्ने अवस्थामा माधव समूहमा समेत विभाजन ल्याउन सकिने आँकलन ओली पक्षकाले गरेका छन् । यसका लागि योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे जस्ता नरमपन्थी नेताहरुलाई शुरुमा आफ्नो पक्षमा ल्याउन सकिने ओली पक्षको ठम्याई छ ।

आफू अप्ठ्यारोमा परेको बेला भावनात्मक कार्ड फाल्ने र समस्याबाट उम्किनेबित्तिकै फरक चरित्रमा उत्रिने ओली पक्षको मुख्य प्रवृत्ति नै हो । विगतमा पार्टी एकतापछि प्रचण्डलाई यही प्रवृत्ति देखाउँदै ओलीले निशानामा ल्याएका थिए । प्रचण्डले आलोपालो सहमतिदेखि स्थायी कमिटीका महिनौंसम्म चलेका बैठकमा ओलीमाथि ओलीले अरुमाथि गर्नेजस्तैगरी कार्वाही गर्न सकेका थिएनन् । यतिसम्म कि ओलीविरुद्ध प्रस्ताव नै पेश गरेपछि पनि प्रचण्डहरुले कमिटीगतरुपमा नै विधानतः नै अघि बढ्ने लचकता अपनाएका थिए । उनीहरुलाई ओली सच्चिन्छन र आत्मालोचना गर्छन् भन्ने भ्रम थियो । तर अप्ठ्यारो परिस्थितिमा ओलीले स्थायी कमिटीको अन्तिम बैठकमा संवैधानिक परिषदमा नियुक्ति भएको छैन भन्ने काम समेत गरेका थिए । जबकि त्यो नियुक्ति भइसकेको कुरा केही दिनमा नै सार्वजनिक भएको थियो ।

प्रचण्डको मनोविज्ञानलाई यसरी उपयोग गरेका ओली अहिले संकट परेको बेला माधव नेपाल पक्षलाई पनि एकताको मनोविज्ञानका आधारमा घुमाउन खोजिरहेका छन् । यसको पुष्टि माधव नेपाल समूहसँग एकताका लागि पहल गर्ने भनेर कार्यदल गठन गर्नु थियो ।

माधव नेपाल पक्षले ओलीको रणनीति बुझ्न नसकी एकताको भावना बग्न पुग्दा धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन । त्यतिखेर एकताका लागि नै भनेर माधव नेपालहरु कार्यदल निर्माणको भुलभुलैयामा फसेका थिए । तर ओलीले भने योजनाबद्धरुपमा नै माधव पक्षलाई फसाएको कुरा पछिल्ला घटनाले पुष्टि गरिसकेको छ ।

अहिले पनि माधव पक्षलाई एक्ल्याउने र उनीहरुसँग समयक्रममा निर्णायक बदला लिने रणनीति ओली पक्षको छ । यसका लागि उनीहरुले पुनः एकताको मनोविज्ञानलाई उपयोग गरिरहेका छन् । यसको मुख्य निशाना माधव नेपाल, भीम रावलहरु बनेका छन् ।

ओली पक्षको अहिलेको यो रणनीति नबुझ्ने हो भने माधव पक्ष फेरी अर्को धोका खानसक्ने घटनाक्रमहरुले स्पष्ट देखाएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies