काठमाडौं । दुई पक्षबीच बिवाद र कारवाहीको श्रृंखला चलिरहेको नेकपा एमालेको दुई समूहले बिहीबार छुट्टाछुट्टै बैठक बस्दै छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता र एकताको नाममा आफ्नो पक्षलाई थप कमजोर बनाउने रणनीति लिएको आशंका व्यक्त गर्दै पार्टी कारवाहीमा परेकान नेता माधव नेपाल समूहले बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
भर्जुअल मार्फत बस्ने आजको बैठकमा पछिल्लो समय दुई पक्षबीच दोस्रो पुस्ताले गरेको वार्ता र आगामी रणनीतिबारे छलफल हुने माधव नेपाल समूहका एक नेताले बताएका छन् ।
माधव नेपाल सहित ११ जनालाई पार्टीबाट निष्कासन गरेका ओलीले स्पष्टिकरण सोधिएको बाँकी १२ जनालाई अहिलेसम्म कुनै कारवाही गरेका छैनन् । पार्टी एकता जोगाउन अन्तिम कसरतमा लागेका माधव समूहका दोस्रो तहका नेता योगेश भट्टराई, गोकर्ण बिष्ट ओलीपक्षका नेताहरुसंग निरन्तर वार्ता र छलफलमा व्यस्त रहेका छन् ।
अनौपचारिक रुपमा भएको छलफलमा ओलीले आफ्ना दुत मार्फत माधव समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए ०७५ जेठ २ को अवस्थामा पार्टीको बैठक बोलाउन तयार रहेको सन्देस प्रवाह गरेका छन् ।
ओलीको पछिल्लो नीतिलाई माधव नेपलले आफु थप कमजोर भएपछि अलमल्याउनको लागि फलिएको कार्ड भएको भन्दै अब ओलीको ललिपपमा आफु नफस्ने बताइसकेका छन् । पार्टीलाई पुर्नगठन गर्ने तयारीमा रहेका नेपाल सोही विषयमा केन्द्रीय सदस्यहरुको राय बुझ्न बैठक बोलाएका हुन् ।
यस्तै पटक पटक स्थगित हुँदै आएको एमाले ओली समूहको स्थायी कमिटी बैठक बिहीबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
माधव समूहलाई बाइपास गरी १९ जना स्थायी कमिटी गठन गरेका ओलीले पछिल्लो समय दोस्रो पुस्ताबीच भएको वार्ताबारे बैठकमा छलफल हुने केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।
यस्तै बैठकमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीभित्रको अन्र्तघात, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि मन्त्रीहरुलाई कारवाही र समसामयीक विषयमा समेत छलफल हुने बताइएको छ ।
मंगलबार बसेको बैठकमा माधव समूहसंग अन्तिम अवस्थासम्म वार्ता जारी राख्ने बताए पनि ओलीले उक्त समूहका दोस्रो तहका नेताहरुलाई आफुतिर तान्न रणनीति बुनिरहेको आशंका माधव समूको रहेको छ ।
माधव–झलनाथ एमालेमा नफर्किने निष्कर्षमा रहेका ओली माधव समूहका दोस्रो र तेस्रो पूस्तालाई आफुतिर तान्ने रणनीतिमा लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: