काठमाडौं । दुई पक्षबीच बिवाद र कारवाहीको श्रृंखला चलिरहेको नेकपा एमालेको दुई समूहले बिहीबार छुट्टाछुट्टै बैठक बस्दै छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता र एकताको नाममा आफ्नो पक्षलाई थप कमजोर बनाउने रणनीति लिएको आशंका व्यक्त गर्दै पार्टी कारवाहीमा परेकान नेता माधव नेपाल समूहले बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
भर्जुअल मार्फत बस्ने आजको बैठकमा पछिल्लो समय दुई पक्षबीच दोस्रो पुस्ताले गरेको वार्ता र आगामी रणनीतिबारे छलफल हुने माधव नेपाल समूहका एक नेताले बताएका छन् ।
माधव नेपाल सहित ११ जनालाई पार्टीबाट निष्कासन गरेका ओलीले स्पष्टिकरण सोधिएको बाँकी १२ जनालाई अहिलेसम्म कुनै कारवाही गरेका छैनन् । पार्टी एकता जोगाउन अन्तिम कसरतमा लागेका माधव समूहका दोस्रो तहका नेता योगेश भट्टराई, गोकर्ण बिष्ट ओलीपक्षका नेताहरुसंग निरन्तर वार्ता र छलफलमा व्यस्त रहेका छन् ।
अनौपचारिक रुपमा भएको छलफलमा ओलीले आफ्ना दुत मार्फत माधव समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए ०७५ जेठ २ को अवस्थामा पार्टीको बैठक बोलाउन तयार रहेको सन्देस प्रवाह गरेका छन् ।
ओलीको पछिल्लो नीतिलाई माधव नेपलले आफु थप कमजोर भएपछि अलमल्याउनको लागि फलिएको कार्ड भएको भन्दै अब ओलीको ललिपपमा आफु नफस्ने बताइसकेका छन् । पार्टीलाई पुर्नगठन गर्ने तयारीमा रहेका नेपाल सोही विषयमा केन्द्रीय सदस्यहरुको राय बुझ्न बैठक बोलाएका हुन् ।
यस्तै पटक पटक स्थगित हुँदै आएको एमाले ओली समूहको स्थायी कमिटी बैठक बिहीबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
माधव समूहलाई बाइपास गरी १९ जना स्थायी कमिटी गठन गरेका ओलीले पछिल्लो समय दोस्रो पुस्ताबीच भएको वार्ताबारे बैठकमा छलफल हुने केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।
यस्तै बैठकमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीभित्रको अन्र्तघात, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि मन्त्रीहरुलाई कारवाही र समसामयीक विषयमा समेत छलफल हुने बताइएको छ ।
मंगलबार बसेको बैठकमा माधव समूहसंग अन्तिम अवस्थासम्म वार्ता जारी राख्ने बताए पनि ओलीले उक्त समूहका दोस्रो तहका नेताहरुलाई आफुतिर तान्न रणनीति बुनिरहेको आशंका माधव समूको रहेको छ ।
माधव–झलनाथ एमालेमा नफर्किने निष्कर्षमा रहेका ओली माधव समूहका दोस्रो र तेस्रो पूस्तालाई आफुतिर तान्ने रणनीतिमा लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: