Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

निषेधाज्ञाका कारण बिकेन कुखुरा, किसान मारमा

रासस

बागलुङ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।

महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । ‘ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो रु ३२० बाट रु २३० मा झरेको छ’, पुनले भने ।

निषेधाज्ञाअघि रु ५०० बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । ‘कुखुरापालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो, किसानलाई उल्टो घाटा छ’, पुनले भने, ‘कहिले स्थिति सहज हुन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।’ मासु धेरै खपत हुने होटल, रेष्टराँ नै अहिले बन्द छन् । फाटफुट्टरूपमा घरायसी प्रयोजनका लागि मात्र मासुको बिक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् । खाद्यान्न, तरकारी, माछा, मासुलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान १०ः०० बजेसम्म मात्र बजार खुल्छ ।

कुखुरापालक किसानले गरेको बीमा पनि ५० दिनसम्मका कुखुरामा मात्र लागू हुन्छ । पचास दिन कटेका कुखुरा कुनै रोगव्याधिले मरे पनि किसानले बीमा रकम पाउँदैनन् । पोल्ट्री व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ध्रुव श्रेष्ठले यही बेला रानीखेत रोगले पनि कुखुरापालक किसानलाई सताएको बताए । ‘तीन÷चार जना किसानको त खोर नै रित्तियो, एकातिर निषेधाज्ञाले कुखुरा नै उठेको छैन, अर्कातिर रोगले किसानलाई अप्ठेरो परेको छ’, उनले भने । बिक्रीका लागि तयार भएका कुखुरा ठूलो मात्रामा किसानकामा रोकिएर बसेको श्रेष्ठले बताए ।

रु १३५ मा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो रु २०० मा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ । रु तीन हजार ४०० पर्ने दाना अहिले तीन हजार ६०० बढीमा किन्नुपर्छ । कुखुरा बिक्री नभई थन्किए किसानको लागत दैनिक बढ्दै जाने हुन्छ । समयमा बेच्न नसक्दा कुखुरापालनको नियमित चक्रमा असर पुग्छ ।

सङ्घका अनुसार सहज समयमा सातामा २० हजार जति कुखुराका चल्ला बागलुङ भित्रन्छन् । अहिले चल्ला आयात भएका छैनन् । जिल्लामा झण्डै २०० व्यावसायिक कुखुरापालक किसान छन् । पछिल्लो समय ब्रोइलरसँगै स्थानीय जातका कुखुराको पनि व्यावसायिकपालन बढ्दो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending