काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विभिन्न देशबाट आएका आरोहीहरूको सम्मानमा आयोजित ‘राष्ट्रपतिसँग भेटघाट’ कार्यक्रममा बोल्दै उनले सगरमाथाको संरक्षण, संवर्द्धन र दिगो उपयोग आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले हिमालहरूले नेपालको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै जलवायु परिवर्तन, तापक्रम वृद्धि र पर्वतीय क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन अहिलेका गम्भीर चुनौती बनेको बताए।
उनले हिमाली पर्यावरण, जैविक विविधता र पर्वतारोहण सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य, प्रविधिमैत्री व्यवस्थापन र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री Khadga Raj Adhikari ले पनि हिमाल केवल प्राकृतिक सौन्दर्यका प्रतीक नभई मानव सभ्यता र वातावरणीय सन्तुलनका आधार रहेको बताए।
उनले पर्वतारोहणलाई व्यक्तिगत उपलब्धिभन्दा माथि उठाएर हिमाली वातावरण संरक्षण, स्थानीय संस्कृति सम्मान र जिम्मेवार पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।
पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित दोस्रो एभरेस्ट समिटमा १६ देशका १५० भन्दा बढी सगरमाथा आरोही सहभागी भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: