गण्डकी । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहेका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराए ।
जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको हो ।
गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेकाका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उनलाई दलका तर्फबाट कारबाही गरिएको हो ।
यसैबीच सदस्य थापाले पार्टीले सांसद पदबाट हटाएपछि आफू जनताको अभिमत विपरित जान नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिँदै थापाले मतदाताको इच्छा विपरित जान नसककेको बताए ।
'काँग्रेसको सरकार नबन्दा जनमोर्चाको सांसद पद खारेज हुनु इतिहासको मजाक हो, यसबारे इतिहासले मूल्याङकन गर्नेछ,' थापाले भने 'जनताको अभिमत विपरित जान सकिन, मतदाताको अभिमतप्रति म सम्मान व्यक्त गर्दछु ।’ थापा वाम गठबन्धनबाट विजयी भएका थिए ।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लङ्घन गर्दै सत्तारुढ नेकपा (एमाले)लाई सहयोग गर्दै आएको भन्दै पार्टीले कारबाही गरको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: