गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छिन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले विभेद अन्त्यका लागि कानूनको अपरिहार्यतासँगै मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्।
सन्देशमा भनिएको छ, ‘सामाजिक रुपान्तरणका लागि सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वासलगायत अमानवीय व्यवहारहरूलाई अन्त्य गरी सुसभ्य न्यायिक र समतामूलक समाज निर्माणका लागि कानूनको परिपालनासँगै मानवीय सोच र व्यवहारमा परिवर्तन जरुरी छ ।’ नेपालको संविधानको प्रस्तावनामा मौलिक हकअन्तर्गत समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक व्यवस्था गरिएको स्मरण गराइएको छ ।
सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने व्यवस्था हुँदाहुँदै पनि समाजमा यस्ता खालका घटना भइरहनु दुःखद् भएको उल्लेख गर्दै हरेक नागरिकले आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउने कार्यमा सबै एकजुट हुन आग्रह गरिएको छ ।
प्रदेश प्रमुख पौडेलले कोरोना महामारीको यो कठिन समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीयतालाई केन्द्रविन्दुमा राख्दै महामारीविरुद्ध एकजुट हुन पनि आह्वान गर्नुभएको छ । वि.सं. २०६२र६३ को ऐतिहासिक जनआन्दोलनबाट पुनःस्थापित संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । वि.सं. २०६८ मा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन बनेको थियो । नेपाल सरकारले जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रूपमा घोषणा गरी उक्त दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - ०९:३५
काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राखेर भएका प्रदर्शनमा कतिपय दलका नेताहरूले बाह्य शक्तिको चलखेललाई आरोप लगाए पनि भारत र चीनका विज्ञहरूल...
चैत्र ४ गते, २०८१ - ०९:१६
चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हु...
चैत्र ४ गते, २०८१ - ०९:१०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८...
चैत्र ४ गते, २०८१ - ०८:३७
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्ष थापाले आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय ...
चैत्र ४ गते, २०८१ - ०८:२७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। व्यवस्थाविरोधी दल तथा समूहका व्यक्तिहरूले पूर...
चैत्र ४ गते, २०८१ - ०८:१७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिक...
चैत्र ४ गते, २०८१ - ०८:१२
काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछा...
चैत्र ४ गते, २०८१ - ०७:३६
काठमाडौँ । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उन...
चैत्र ४ गते, २०८१ - ०७:३१
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ ...
चैत्र ४ गते, २०८१ - ०७:२६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौ...
प्रतिकृया लेख्नुहोस्: