डोटी । पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७।२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मृत्युदर २।१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ । यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ०९:३३
काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बर...
पौष ९ गते, २०८१ - ०९:२९
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ । सोमबार पहि...
पौष ९ गते, २०८१ - ०९:२३
फुङ्लिङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्मा...
पौष ९ गते, २०८१ - ०९:०५
सर्लाही । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिपुर नगरपालिका–३, फर...
पौष ९ गते, २०८१ - ०९:०१
जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच ल...
पौष ९ गते, २०८१ - ०८:५४
काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थ...
पौष ९ गते, २०८१ - ०८:४३
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ...
पौष ९ गते, २०८१ - ०८:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...
पौष ९ गते, २०८१ - ०७:५७
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...
पौष ९ गते, २०८१ - ०७:३५
काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...
प्रतिकृया लेख्नुहोस्: