Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

परराष्ट्रमन्त्री देउवाको दिल्लीदौड- अघिल्लो पटक मोदीको रातो कार्पेट, अहिले कसैले भेट्नै मानेनन् !

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थियो। चार महिनापछि पुस ४ गते उनी युरोप भ्रमण छोट्याएर पुनः दिल्ली पुगिन्। तर यसपालि उनलाई रातो कार्पेटसहितको भव्य स्वागत प्राप्त भएन।

पहिलो भ्रमण र अहिलेको भ्रमणमा केबल महिना र मिति मात्र फेरिएको छैन। दुई देशबीचकै समग्र राजनीतिक वातावरण र मनस्थितिसमेत फेरिएको देखियो। चार महिनाअघिको भ्रमणमा उनले आफ्ना भारतीय समकक्षी डा. एस जयशंकरसँग भेट मात्र गरिनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो भेटवार्ता गर्नसमेत भ्याइन्। त्यो भेटलगत्तै उनको राजनीतिक व्यक्तित्वसमेत हलक्कै बढेको देखियो। अझ प्रधानमन्त्री केपी शर्मा ओलीले उनी भविष्यमा महिला प्रधानमन्त्री हुने घोषणासमेत गरे। 

यसपालि भने परराष्ट्रमन्त्री राणाले चाहेर पनि समकक्षीसमेतलाई भेट्न सकिनन्। मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत चिढिएको जानकारहरू बताउँछन्। प्रधानमन्त्री ओलीले परम्परा तोड्दै पहिलो विदेश भ्रमणका लागि चीन रोज्नुलाई पनि भारत चिढिनुको अर्को कारण मान्छन् परराष्ट्रका जानकारहरू। 

चीन भ्रमण र बिआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि प्रधानमन्त्रीको भारत भ्रमणको साइत जुराउनकै लागि परराष्ट्रमन्त्री युरोपबाट सिधै दिल्ली अवतरित भएकी थिइन्। चिढिएको भारतीय सत्तापक्षलाई विश्वासमा लिन उनले आफ्नो युरोप भ्रमण छोट्याउँदै दिल्ली भ्रमण रोजेकी थिइन्। बिआरआई हस्ताक्षरपछि भारतीय पक्षलाई विश्वासमा लिएर जसरी पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने योजना थियो। जसअनुरूप दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्रीसँग भेटघाट मिलाउन निर्देशन दिएकी थिइन्। सँगै उनले व्यक्तिगत रूपमा पनि डा. जयशंकरलाई भेट्न आग्रह गर्दै वाट्सएपमा म्यासेज पठाएकी थिइन्।

डिसेम्बर १९ को बिहानै दिल्ली पुग्ने र सबैसँग भेटेर प्रधानमन्त्रीको भारतभ्रमण तय गरेर फर्कने कार्ययोजना बनेको थियो। यसैका लागि परराष्ट्रमन्त्री देउवाले आफ्ना निकटवर्ती उद्धव प्याकुरेललाई दिल्लीमा एउटा कार्यक्रमसमेत आयोजना गर्न लगाएको स्रोतले बतायो। दिल्लीको एउटा गैरसरकारी संस्थासँग मिलेर काठमाडौँ विश्वविद्यालयको एक विभागले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्‍यो।

मंसिर २२ अर्थात् डिसेम्बर ७ तारिखमा युरोप प्रस्थान गरेकै दिन मन्त्री देउवाले एस जयशंकरलाई म्यासेज गरेको स्रोतले बतायो। तर म्यासेजको १५ डिसेम्बरसम्म पनि जवाफ नआएपछि उनी निराश हुँदै आफ्ना ‘राखीभाइ’ विजय चौथाइवालेलाई म्यासेज गरेर भेट्न आग्रह गरेकी थिइन्।

बाहिर निजी भ्रमण र स्वास्थ्य उपचारका लागि भ्रमण भने पनि उनको इच्छा यो भ्रमणलाई आधिकारिक बनाउने थियो। तर भारतीय सत्तापक्षले खासै चासो नदिएपछि उनको भ्रमण निजीमै सीमित हुन पुगेको स्रोतले बतायो। मन्त्री देउवा दिल्ली पुग्दा उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली दूतावासका कर्मचारी पुगेका थिए। भारतका तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलका लागि उपस्थित थिए। 

स्रोतका अनुसार उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न उनका लागि गाडीको व्यवस्था गरिएको थियो। उनले पटकपटक आग्रह गर्दा र नेपाली दूतावासले लगातार प्रयास गर्दा पनि भारत सरकारका कसैले पनि आरजुलाई भेट दिएनन्। पछिल्लो पटक प्रधानमन्त्री मोदीलाईसमेत भेटेकी आरजुलाई यस पटक डोभाल, जयशंकरलगायतले भेटेनन्। यहाँसम्म कि दिल्लीस्थित नेपाल डेस्क हेर्ने एडिसनल सेक्रेटरी मनु महवारले पनि भेट्न मानेनन्। 

गजबको कुरा के रह्यो भने आरजु देउवा दिल्ली पुगेकै दिन नेपाल डेस्क हेर्ने महवारले कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आफ्नै कार्यकक्षमा भेटे तर आरजुलाई भेट्न मानेनन्। डोभाल चीनबाट फर्केर आएपछि प्रधानमन्त्री मोदीसँग कुवेत भ्रमणमा हिँडे। विदेशमन्त्री जयशंकर पनि कुवेततिरै गए। विदेश सचिव विक्रम मिश्री मौरिसस गएर फर्किए। यी सबै भेटघाटमा नेपाली दूतावासलाई ‘वि विल अपडेट यु’ मात्रै भनियो। 

कसैले भेट्न नमानेपछि मन्त्री देउवाले आफ्नो भ्रमण दुई दिन अझै लम्ब्याइन्। उनलाई के विश्वास थियो भने कुवेतबाट फर्केर विदेशमन्त्री जयशंकर र सुरक्षा सल्लाहकार अजित दोभालले पक्कै पनि भेट्छन्। यसैबीच आरजुले, ‘रअ’का चिफ रवि सिन्हादेखि लिएर नेपाल डेस्क हेर्ने सहसचिवलाई समेत भेट्ने आग्रह गरिन् तर कसैसँग भेट्ने कार्यक्रम जुरेन।

अन्तिम दिन काठमाडौँ फर्किनुभन्दा पहिले उनी इन्डिया फाउन्डेसनले आयोजना गरेको परिचयात्मक कार्यक्रममा सहभागी भइन्। जहाँ उनको भेटघाट राममाधवसँग भयो। भाजपाका पूर्वसचिव राममाधव र उनको पुरानो चिनजान भएकाले उनले भेट्न बोलाएको स्रोतले बतायो। राममाधव अहिले भाजपा र राष्ट्रिय स्वयंसेवक संघको कुनै दायित्वमा नरहेको बताइएको छ।

परराष्ट्रमन्त्रीको खल्लो दिल्ली भ्रमणपछि अब प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण कहिले हुने हो अनिश्चित बनेको छ। जब कि ओली आफैंले अब आफ्नो भ्रमण भारतमा हुने घोषणा गरेका थिए। घटनाक्रमले परराष्ट्रमन्त्री देउवाको दिल्ली सम्बन्ध पनि सामान्य मात्रै रहेको देखिएको छ। परराष्ट्रमन्त्री राणा दिल्ली भएकै मौका पारेर पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत दिल्ली पुगेका थिए। उनको भ्रमणको उद्देश्य पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सहजीकरण गर्नु रहेको जानकारहरू बताउँछन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending