Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

रासस
टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् । 
 
पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न थालेका छन् । टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ । कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
 
सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । ‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’, ठकुल्लाले भने, ‘नयाँ शैक्षिक सत्र शुरु हुने समयमा हामीले यही विकल्प दिएका छौँ ।’ 
 
टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइन कक्षा नियमित राखेका थिए । उनीहरुले अनलाइनबाट परीक्षा समेत गरे । सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’, अवस्थीले भने, ’दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।’
 
यस्तै, कैलालीको जानकी गाउँपालिकाले पनि नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएको छ । जानकी गाउँपालिका गाउँ शिक्षा समितिद्वारा कक्षा एकदेखि नौसम्मका कक्षाको नतिजा २० प्रतिशत आन्तरिक मूल्याङ्कन (उपस्थिति, गृहकार्य, अनुशासन र विविध) र ८० प्रतिशत अघिल्लो परीक्षाका आधारमा गर्ने गराउने औपचारिक निर्णय भएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिए । ‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर बिदा दियौँ’, कपाडी भन्छन्, ‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ । यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन ।’
 
कैलालीको लम्कीचुहाले यसअघि नै निर्णय गरी विद्यालयहरु नतिजा सार्वजनिक कार्यमा जुटिसकेका छन् । लम्कीचुहामा विद्यालयहरु अघिल्लो परीक्षा र अन्य आन्तरिक आधारमा नतिजा सार्वजनिक गर्न थालेका हुन् । लम्कीचुहा मात्र होइन कैलालीका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन्  । ‘विद्यार्थीहरु परीक्षाको तयारीमा थिए, भोलिबाट हुने भनिएको परीक्षा अघिल्लो दिन विद्यालय बन्द गर्नुपरेको थियो’, शिक्षिका टङ्कमाया पोखरेल भन्छन्, ‘नानीबाबुले पढेका छन्, परीक्षा मात्र दिन पाएनन्, यसले उनीहरुको शैक्षिक विकास र सिकाइमा असर पर्दैन । नतिजा सार्वजनिक भए बरु तनाब व्यवस्थापन हुन्छ ।’
 
शिक्षिका पोखरेल अब विद्यार्थी नयाँ शैक्षिक सत्रको तयारी र माथिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउनुहुन्छ । ‘निषेधाज्ञा खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’, उनी बताउँछन्, ‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ ।’
अभिभावकहरु कोरोना महामारीका कारण बालबालिकाको पढाई र बाल मस्तिष्कमा नकारात्मक असर परेको बताउँछन् । ‘भोलिबाट परीक्षा दिने भनेर तयारीमा रहेका बालबालिका अघिल्लो दिन विद्यालय बन्द भएपछि तनावमा छन् । गत वर्ष पनि राम्ररी कोर्ष पूरा गर्न पाएनन्’, अभिभावक बन्दना जैसी भन्छन्, ‘अब सरकारले, विद्यालय सञ्चालकले विकल्प खोजेर बालबालिकाले नियमित अध्ययन गर्ने, रमाउने वातावरण तयार गर्न आवश्यक छ ।’
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ...

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्...

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending