म्याग्दी । बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएका छन् । जनप्रतिनिधीले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वेच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सनट्रेटर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।
नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले शुक्रबार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सनट्रेटर हस्तान्तरण गरेका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनट्रेटर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट सङ्कलित रकमबाट रु। चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताए ।
अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उनले बताए । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब रु। सात लाख खर्च गरेको छ । माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमूना सङ्कलन र एन्टिेजेन परिक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको ब्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् ।
यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रबार म्याग्दीको मालिका गाउँपालिकालाई रु। १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो । त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई÷दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: