Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्  । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा  काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उहाँले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

“आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले  काँग्रेसले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए । 

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा  भयावह अवस्था आएको आरोप लगाए ।  अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताए । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुनलगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हत्या गरिएका बाबु–छोरालाई ८१ वर्षीय षडानन्दले दिए दागबत्ती

काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...

रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...

११ बजे बोलाईएको एमाले सचिवालय बैठक बल्ल भयो सुरु

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा ११ बजेका ला...

अझै सुरु भएन एमाले सचिवालय बैठक

काठमाडौं । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन ।   ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगर...

यौनकर्मी युवतीमाथि छुरा प्रहार, दुई महिना सम्म पनि पाईनन् न्याय

काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् । रत्नपार्क, पुरान...

सुत्दा सास नलिने अचम्मकी बच्ची !

काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...

दुध बिक्रीबाटै मासिक ९० हजार बचत गर्दै सुनसरीका यादव

सुनसरी  । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...

च्यासल हत्या प्रकरणः पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी

ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...

९ सय ५० विपन्न परिवारलाई चुलो वितरण

मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy