कास्की । विपद्का कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरको व्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलवायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।
नगरप्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारीमा जुटेको हो । ‘गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्ने छौं’, नगरप्रमुख खाँणले भने, ‘जोखिमयुक्त बस्तीलाई स्थायीरुपमा सुरक्षित स्थानमा स्थानान्तर कार्यमा लागिरहेका छौं, वर्षा अघि काम पूरा नभएकाले फेरि पनि अस्थायीरुपमा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सारेर जीउधनको सुरक्षा गर्ने छौं ।’
बाढी पहिरो जस्ता दैवी विपत्तीका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्दार लगायतको व्यवस्थापनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधनहरु, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको छ । वर्षाका कारण ग्रामीण भेगमा जाने सडकहरु पहिरोका कारण बन्द हुन सक्ने भएकाले नगरपालिका तथा अन्य कम्पनीका डोजर, स्क्याभेटर समन्वय गरी बाटो सूचारु गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद पछिका कार्यमा उद्दारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरुको संयुक्तरुपमा ३÷४ समूह बनाएर राख्ने र तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।
‘नागरिकको जीउधनको सुरक्षाप्रति स्थानीय सरकारकोरुपमा रहेको नगरपालिका प्रतिबद्ध छ’, उनले भने, ‘नगरका कुनैपनि भागमा घटना घटेको खबर पाउनासाथै आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूहहरु निर्माण गरिएको छ ।’ उद्दार कार्यमा आवश्यक पर्ने सामग्रीहरु नगरपालिकाले खरिद गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल ३० नं. गुल्म वालिङका गुल्मपति मोहन न्यौपानेले बताए ।
सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले उद्दार कार्यका लागि अति आवश्यक पर्ने सामग्रीहरुको सूचि तयार पारी नगरपालिकालाई बुझाउने र नगरपालिकाले उक्त सामग्रीहरु केही दिनभित्रै खरिद गर्ने पनि गुल्मपति न्यौपानेले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: