Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ

रासस

कास्की । विपद्का कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वव्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरको व्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलवायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।

नगरप्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारीमा जुटेको हो । ‘गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्ने छौं’, नगरप्रमुख खाँणले भने, ‘जोखिमयुक्त बस्तीलाई स्थायीरुपमा सुरक्षित स्थानमा स्थानान्तर कार्यमा लागिरहेका छौं, वर्षा अघि काम पूरा नभएकाले फेरि पनि अस्थायीरुपमा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सारेर जीउधनको सुरक्षा गर्ने छौं ।’

बाढी पहिरो जस्ता दैवी विपत्तीका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्दार लगायतको व्यवस्थापनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधनहरु, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको छ । वर्षाका कारण ग्रामीण भेगमा जाने सडकहरु पहिरोका कारण बन्द हुन सक्ने भएकाले नगरपालिका तथा अन्य कम्पनीका डोजर, स्क्याभेटर समन्वय गरी बाटो सूचारु गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद पछिका कार्यमा उद्दारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरुको संयुक्तरुपमा ३÷४ समूह बनाएर राख्ने र तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।

‘नागरिकको जीउधनको सुरक्षाप्रति स्थानीय सरकारकोरुपमा रहेको नगरपालिका प्रतिबद्ध छ’, उनले भने, ‘नगरका कुनैपनि भागमा घटना घटेको खबर पाउनासाथै आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूहहरु निर्माण गरिएको छ ।’ उद्दार कार्यमा आवश्यक पर्ने सामग्रीहरु नगरपालिकाले खरिद गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल ३० नं. गुल्म वालिङका गुल्मपति मोहन न्यौपानेले बताए ।

सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले उद्दार कार्यका लागि अति आवश्यक पर्ने सामग्रीहरुको सूचि तयार पारी नगरपालिकालाई बुझाउने र नगरपालिकाले उक्त सामग्रीहरु केही दिनभित्रै खरिद गर्ने पनि गुल्मपति न्यौपानेले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE