काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले विवादास्पद अभिव्यक्ति दिने वाग्मती प्रदेश सभा सदस्य नरोत्तमा बैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिइ आत्माआलोचना गर्न निर्देशन दिएको छ ।
उनले सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न नपाइने स्पष्ट पार्दै आवेगको बोली र भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नपाउने बताएका छन् । ‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ’, शर्माले सामाजिक सञ्जाल मार्फत भने, ‘तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’
शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको बताए । शुक्रबार वाग्मती प्रदेशको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश सभा सदस्य समेत रहेका बैद्यले प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको अहिले सर्वत्र निन्दा र भत्सर्ना भइरहेको छ । नाथुराम गोड्सेको नाम इतिहासका अहिंशावादी नेता महात्मा गान्धीको गोली हानी हत्या गर्ने हत्याराको रुपमा चित्रित रहेको छ ।
यस्तो छ बैद्यको अभिव्यक्ति :
‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । आवश्यक परे म गोड्से बन्न तयार छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: