काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले विवादास्पद अभिव्यक्ति दिने वाग्मती प्रदेश सभा सदस्य नरोत्तमा बैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिइ आत्माआलोचना गर्न निर्देशन दिएको छ ।
उनले सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न नपाइने स्पष्ट पार्दै आवेगको बोली र भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नपाउने बताएका छन् । ‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ’, शर्माले सामाजिक सञ्जाल मार्फत भने, ‘तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’
शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको बताए । शुक्रबार वाग्मती प्रदेशको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश सभा सदस्य समेत रहेका बैद्यले प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको अहिले सर्वत्र निन्दा र भत्सर्ना भइरहेको छ । नाथुराम गोड्सेको नाम इतिहासका अहिंशावादी नेता महात्मा गान्धीको गोली हानी हत्या गर्ने हत्याराको रुपमा चित्रित रहेको छ ।
यस्तो छ बैद्यको अभिव्यक्ति :
‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । आवश्यक परे म गोड्से बन्न तयार छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८२ - ०६:५२
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालक...
कार्तिक २६ गते, २०८२ - ०६:४६
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय ब...
कार्तिक २५ गते, २०८२ - ०९:२९
काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...
कार्तिक २५ गते, २०८२ - ०९:२१
काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत् यसै साता आह्वान गर...
कार्तिक २५ गते, २०८२ - ०९:०७
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बने...
कार्तिक २५ गते, २०८२ - ०८:२५
काठमाडौं । नेकपा एमालेले पार्टी छोडी विभिन्न दलमा गएका पुराना नेताहरूलाई पुनः स्वागत गर्ने भएको छ। आज राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गर्...
कार्तिक २५ गते, २०८२ - ०८:१५
काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्...
कार्तिक २५ गते, २०८२ - ०८:०८
६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने
कार्तिक २५ गते, २०८२ - ०७:४७
काठमाडौं । ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ...
कार्तिक २५ गते, २०८२ - ०७:३३
नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै हुन्छ तेस्रो मुलुक निर्यात




प्रतिकृया लेख्नुहोस्: