Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

प्रकाश अधिकारी

कर्णाली ।  राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको कमाण्डमा सुरक्षा निगरानी बढाएको छ ।

यही जेठ २१ गते राति १९ र २३ वर्षीया राउटे युवतीमाथि स्थानीय तीन युवाले बोटेचौर बजारको एक होटलमा यौन हिंसाजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोका आधारमा प्रहरीले आइतबार बिहान गुर्भाकोट–९ बोटेचौरका ३५ वर्षीय चौमन घर्ती, २४ वर्षीय भूपेन्द्र बुढामगर र होटल सञ्चालक मिलन भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयले राउटे युवतीमाथि भएको सामूहिक यौन हिंसाको घटनामा जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अनुसन्धान अधिकारीले घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका साथै पीडित, पीडक पक्षको बयान लिने काम भइरहेको बताए ।

घटनाको आठ दिनपछि राउटे युवतीको शुक्रबार प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित युवतीलाई थाहै नदिएर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । पीडित युवतीको सुरक्षाका कारण उक्त समुदायका अगुवालाई घटनाबारे गोप्य राखिएको छ । बयान र स्वास्थ्य परीक्षणपश्चात ती युवतीलाई बस्तीमै फर्काइएको छ । घटनाका आरोपीलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि अदालतले दिएको पाँच दिनको म्याद शुक्रबार सकिएको थियो ।

प्रहरी नायब उपरीक्षक घर्तीले राउटे बस्तीको निगरानीका लागि अझै केही समय प्रहरी त्यहाँ बस्ने बताए । ‘यस्ता घटनामा विशेषगरी युट्युबरले सन्सनी मच्चाइरहेको पाइन्छ, यस घटनामा पनि शुरु–शुरुमा युट्युबजस्ता सामाजिक सञ्जालमा पीडितलाई उल्टै पीडा दिने खालका विषयवस्तु सार्वजनिक भएको पाइयो’, उनले भने, ‘बस्तीमा त्रास फैलाउने, पीडितलाई थप पीडा दिने, अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले प्रहरीको निगरानी बढाएका हौँ ।’

व्यापक प्रहरी परिचालन भए पनि राउटे समुदायले भने अहिलेसम्म घटनाबारे थाहा पाएका छैनन् । प्रहरी प्रशासनले समुदायबाट पीडित युवतीमाथि थप हिंसा हुनसक्ने आकलन गर्दै बस्तीमा अन्य मानिसको प्रवेश रोक्नाका साथै उक्त घटनालाई गोप्य राख्ने रणनीति अपनाएको हो ।
 
फिरन्ते राउटे समुदाय लेकबेँसी नगरपालिकाको कल्याणबाट केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका हुन् । लोपोन्मुख सो समुदाय हाल १४३ को सङ्ख्यामा छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता प्रदान गर्दै आएको छ ।
  
यसैबीच जिल्ला अदालतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो नहटाइए साइट बन्द गर्नसमेत आदेश दिएको हो । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

‘युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ, गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारवाहीका लागि लेखी पठाउनू’, आदेशमा भनिएको छ । 

सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारवाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending