Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

प्रकाश अधिकारी

कर्णाली ।  राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको कमाण्डमा सुरक्षा निगरानी बढाएको छ ।

यही जेठ २१ गते राति १९ र २३ वर्षीया राउटे युवतीमाथि स्थानीय तीन युवाले बोटेचौर बजारको एक होटलमा यौन हिंसाजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोका आधारमा प्रहरीले आइतबार बिहान गुर्भाकोट–९ बोटेचौरका ३५ वर्षीय चौमन घर्ती, २४ वर्षीय भूपेन्द्र बुढामगर र होटल सञ्चालक मिलन भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयले राउटे युवतीमाथि भएको सामूहिक यौन हिंसाको घटनामा जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अनुसन्धान अधिकारीले घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका साथै पीडित, पीडक पक्षको बयान लिने काम भइरहेको बताए ।

घटनाको आठ दिनपछि राउटे युवतीको शुक्रबार प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित युवतीलाई थाहै नदिएर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । पीडित युवतीको सुरक्षाका कारण उक्त समुदायका अगुवालाई घटनाबारे गोप्य राखिएको छ । बयान र स्वास्थ्य परीक्षणपश्चात ती युवतीलाई बस्तीमै फर्काइएको छ । घटनाका आरोपीलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि अदालतले दिएको पाँच दिनको म्याद शुक्रबार सकिएको थियो ।

प्रहरी नायब उपरीक्षक घर्तीले राउटे बस्तीको निगरानीका लागि अझै केही समय प्रहरी त्यहाँ बस्ने बताए । ‘यस्ता घटनामा विशेषगरी युट्युबरले सन्सनी मच्चाइरहेको पाइन्छ, यस घटनामा पनि शुरु–शुरुमा युट्युबजस्ता सामाजिक सञ्जालमा पीडितलाई उल्टै पीडा दिने खालका विषयवस्तु सार्वजनिक भएको पाइयो’, उनले भने, ‘बस्तीमा त्रास फैलाउने, पीडितलाई थप पीडा दिने, अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले प्रहरीको निगरानी बढाएका हौँ ।’

व्यापक प्रहरी परिचालन भए पनि राउटे समुदायले भने अहिलेसम्म घटनाबारे थाहा पाएका छैनन् । प्रहरी प्रशासनले समुदायबाट पीडित युवतीमाथि थप हिंसा हुनसक्ने आकलन गर्दै बस्तीमा अन्य मानिसको प्रवेश रोक्नाका साथै उक्त घटनालाई गोप्य राख्ने रणनीति अपनाएको हो ।
 
फिरन्ते राउटे समुदाय लेकबेँसी नगरपालिकाको कल्याणबाट केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका हुन् । लोपोन्मुख सो समुदाय हाल १४३ को सङ्ख्यामा छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता प्रदान गर्दै आएको छ ।
  
यसैबीच जिल्ला अदालतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो नहटाइए साइट बन्द गर्नसमेत आदेश दिएको हो । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

‘युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ, गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारवाहीका लागि लेखी पठाउनू’, आदेशमा भनिएको छ । 

सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारवाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE